चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, २०२० ।
काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले चीनमा रहेका कुनै नेपालीलाई पनि नोबेल कोरोना भाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासकी प्रमुख होउ यान्छीले हालसम्म आफूहरुलाई जानकारी प्राप्त भएसम्म चीनमा रहेका कोही पनि नेपालीमा नोबल कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

फाइल तस्वीर : नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी

उनीहरु सुरक्षित रहेको पनि उनले स्पष्ट पारेकी छन् । दुतावासबाट जारी गरिएको एक सञ्चार सामग्रीमा राजदूत होउले कोरोना भाइरसप्रति नेपालले देखाएको सजगता र जनतालाई सचेत गराउन खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् । उनले चीनमा रहेको नेपालीहरुसँग दूतावासवासमार्फत् चिनियाँ टोलीले नियमित रुपमा सम्पर्क गरिरहेको भन्दै उनीहरु स्वस्थ्य र सुरक्षित रहेको बताएकी छन् ।

हुवे प्रान्तमा रहेका नेपालीहरुका लागि आवश्यक सामग्री तथा अन्य औषधीजन्य पदार्थहरुचीन सरकारले उपलब्ध गराईरहेको भन्दै उनले कोरोनाको विश्वव्यापी प्रकोपका बेला नेपालीले देखाएको संयम र धैर्यताप्रति आफू नतमस्तक बनेको प्रतिक्रिया दिएकी छन् । उनले नेपाली सञ्चारमाध्यमले पनि कोरोना भाइरसका बारेमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै मुक्तकण्ठले प्रशंशा गरेकी छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित भारत बन्यो विश्वको तेश्रो कोरोना प्रभावित मुलुक, एकैदिन भेटिए करिब २४ हजार संक्रमित

२०७७ असार २१ गते आइतबार

०५ जुलाई, २०२०नयाँ दिल्ली । विश्वमा सबैभन्दा बढी कोरोना...

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...

काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ...

कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...

Top