अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार


आक्रमण भएको यहुदी धर्मगुरुको घर

२९ डिसेम्बर, २०१९
न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी धर्मका एक धर्मगुरु रहँदै आएको घरमा घरमा गएराति भएको छुराकाण्डमा ६ जना घाइते भएका छन् । न्यूयोर्कको मोन्सेमा रहेका यहुदी धर्मगुरु रब्बीको घरमा यहुदीहरुको एक पर्व मनाउने क्रम चलिरहेका बेला एक्कासी छुरा आक्रमण भएको हो । सो आक्रमणमा परी घाइते भएका मध्ये केहीको शरीरमा गम्भीर चोट लागेको छ । घाइतेहरुलाई न्यूयोर्क सिटीको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

पछिल्ला केहीदिनयता सो क्षेत्रमा आक्रमणकारीहरुले सानातिना वितण्डाहरु मच्चाईरहेका छन् । तर, यो पछिल्लो केही समयता सो क्षेत्रमा भएको सबैभन्दा ठूलो आतंककारी आक्रमण हो । सो सँगै प्रहरीले सो क्षेत्रमा सुरक्षा गस्ती समेत बढाएको जनाएको छ । आक्रमणकारीहरु गएराति १० बजे धर्मगुरुको घरमा प्रवेश गरेलगत्तै आक्रमण भएको थियो ।

आक्रमण भएको सो घर यहुदीहरुले वर्षौदेखि आफ्नो धार्मिक कार्यक्रमहरु गर्ने गरेको स्थानको रुपमा परिचित छ । आक्रमण हुँदा यहुदीहरुको एक धार्मिक कार्यक्रम चलिरहेको थियो । घटनालगत्तै प्रहरीले सो क्षेत्रलाई नियन्त्रणमा लिएर आक्रमणकारीहरुको खोजी कार्य तीव्र बनाएको छ । घटनाको न्यूर्योक सिटी प्रमुख तथा स्थानीय विभिन्न धर्म र सम्प्रदाय सम्बन्ध व्यक्ति र संस्थाहरुले विरोध जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ? ५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

२०७७ माघ २ गते शुक्रबार

१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...

Top