काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार


तस्वीर : naturalbornvagabond

२९ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका भित्र सडकमा मागेर बस्न नपाउने गरी अभियान सञ्चालन गरेको छ । त्यसका लागि उपत्यकाका विभिन्न स्थानमा पुगेर टोलीले मागेर बस्नेहरुलाई त्यहाँबाट हट्न आग्रह गरेको छ ।

गुजारा चलाउने नाममा सडकमा मागेर बस्दा सार्वजनिक सवारीसाधन देखि मानिसहरुसमेतको आवागमनमा कठिनाई परेको भन्दै महानगरपालिकाले मगन्ते हटाउने अभियान शुरु गरेको हो । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रमसहित सरोकारवालाको साथ लिएर शुरु गरिएको अभियान १ सातासम्म सञ्चालन हुने जनाएको छ ।

अभियानका क्रममा काठमाडौंको न्यूरोड, बसन्तपुर, महांकाल, भद्रकाली मन्दिर, जमल, वीर अस्पताल आसपासका क्षेत्रमा पुगेर बाटोमा मागेर बस्नेहरुलाई त्यहाँबाट हट्नका लागि आग्रह गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित) ‘कोरोना अझै केही समय रहन सक्छ, आवश्यक सावधानी अपनाऊँ’ : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठसहित)

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि ‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि

२०७७ भाद्र १६ गते मंगलबार

०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...

Top