काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान

Best Khabar Team | २०७६ पुष ९ गते बुधबार


तस्वीर : पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद विद्युतीय सामगी

२६ डिसेम्बर, २०१९
काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा मोबाइल बोक्छ होला ? एक, दुई वा बढीमा तीन । तर प्रहरीले गत आइतबार राजधानीका विभिन्न स्थानमा गरेको ‘सर्च अपरेशन’का क्रममा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुबाट बरामद गरिएको मोबाइलको संख्याको अनुपात हेर्ने हो भने एक चिनियाँ नागरिक बराबर ६ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको हो ।

प्रहरीले गरेको अपरेशनका क्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथबाट ३ सय ३१ ल्यापटप समेत बरामद गरेको छ । यस हिसावले हेर्दा एक व्यक्ति बराबर २ वटा ल्यापटप प्रयोग गरिएको प्रहरीको तथ्यांकले जनाएको छ ।

‘ठ्याक्कै एक व्यक्तिले ६ वटा मोइबल र २ वटा ल्यापटप प्रयोग गरेको भन्ने होइन तर पक्राउ परेका चिनियाँ नागरिक, मोबाइल एवं ल्यापटपको संख्याको अनुपात हेर्दा एक व्यक्ति बराबर ६ मोइबल र २ ल्यापटप प्रयोगमा रहेको देखिन्छ ।’ अनुसन्धानमा सहभागी एक प्रहरी अधिकारीले बेस्टखबर डटकमलाई जानकारी दिए ।

पक्राउ गरिएको विद्यतुीय सामग्रीको नेपाली मूल्य करोडौं रुपियाँ बराबर रहेको प्रहरीको भनाई छ । आज प्रहरीले पक्राउ परेकाहरुको साथबाट बरामद गरिएको पासपोर्ट, मोइबल, ल्यापटप, सिपियु, सिमकार्डलगायतका सामग्रीसहित गरेको पत्रकार सम्मेलनमा कतिपय चिनियाँ नागरिकको पासपोर्ट फेला पार्न नसकिएको जनाएको छ ।

चिनियाँ आर्थिक प्रणालीमा गम्भीर असर पर्ने समूहको बारेमा चिनियाँ सरकारी टोलीले दिएको सूचनाको आधारमा प्रहरीले सर्च अपरेशन गरेको जनाएको छ । प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा पक्राउ परेकाहरुको घर खानतलासी गर्दा ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३ सय २७ सीमकार्ड बरामद गरेको तथ्यांक सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...

प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा ! कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

२०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

Top