Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०
रोम । अन्ततः लामो समयको छलफल पछि युरोपेली मुलुक इटलीले पनि देशको सिमाभित्र रहेर निश्चित मापदण्ड पुरा गरेर बसोबास गरिरहेका अबैध आप्रवासीहरुलाई अस्थायी बासस्थान अनुमति (टेम्पोररी रेसिडेन्सी पर्मिट) जारी गर्ने भएको छ । यो विषयमा इटलीको सरकार र संसदमा लामो समयदेखि छलफल चलिरहेको भएपनि टुंगोमा पुग्न सकेको थिएन ।
कोरोनाको बज्रपातबाट राम्ररी टाउको उठाउन नपाउँदै अवैधानिक रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई प्रक्रिया पु-याएर नियमित गर्ने प्रक्रिया अघि बढाएसँगै इटली सरकारले आप्रबासीप्रति ठूलो गुन लगाएको छ । विशेष गरी कृषिजन्य पेशामा आवद्ध, अन्य पारिवारिक तथा घरायसी सहयोगसम्बन्धी कार्यमा संलग्न आप्रबासीहरुलाई प्रक्रिया पुरा गरेर अस्थायी बासस्थानको अनुमति दिन लागिएको नेपाली समाज रोमका सभापति तथा सामाजिक अभियान्ता हरिभक्त काराखेतीले जानकारी दिएका छन् ।
इटलीका कृषि, खाद्य तथा बनमन्त्री तेरेसा बेल्भानोभाले शोषणमा परेका विदेशी पीडित कामदारहरुको हकहितका लागि यो भन्दा प्रभावकारी कदम अरु केही हुन नसक्ने भन्दै लामो समयदेखि आप्रवासीहरुको हितका लागि गरिएको प्रयास सफल भएकोमा खुसी व्यक्त गरिन् । त्यसका लागि निम्न प्रक्रियाहरु अबलम्बन गर्नुपर्ने देखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...
लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...
नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी...
गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु
२०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...
Top