Best Khabar Team | २०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९
काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ भत्काउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विशेषगरी सुदरपश्चिमका जिल्लाहरुमा रहेका छाउगोठमा महिनावारी भएका बेला बस्न बाध्य पारिएकै कारण वर्षेनी दजनौं महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले अविलम्ब रुपमा तत्काल छाउगोठ हटाउन निर्देशन दिएको हो ।
सरकाले छाउपडी प्रथा उन्मुलनका लागि विशेष अभियान शुरु गरेको भन्दै मन्त्रालयले कर्णाली प्रदेश र सुदुरुपश्चिमका अछाम, दार्चुला, डोल्पा, दैलेख, जाजरकोट मुगु, जुम्लालगायतका जिल्लामा रहेका छाउगोठ हटाउन भनेको हो । छाउ गोठ हटाउनका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुख रहेको विशेष संयन्त्र बनाउने निर्णय समेत गरेको छ ।
सो निर्णय अनुसार तत्का संयन्त्र बनाउने काम अघि बढाउन सम्बन्धित जिल्ला प्रमुख र सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । मन्त्रालयले छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कारबाही गर्न सरकारी तवरबाट प्राप्त हुने सेवा सुविधा रोक्न निर्देशन दिँदै छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी सहकार्यमा भत्काउन भनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...
कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...
भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...
Top