Best Khabar Team | २०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९
काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ भत्काउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विशेषगरी सुदरपश्चिमका जिल्लाहरुमा रहेका छाउगोठमा महिनावारी भएका बेला बस्न बाध्य पारिएकै कारण वर्षेनी दजनौं महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले अविलम्ब रुपमा तत्काल छाउगोठ हटाउन निर्देशन दिएको हो ।
सरकाले छाउपडी प्रथा उन्मुलनका लागि विशेष अभियान शुरु गरेको भन्दै मन्त्रालयले कर्णाली प्रदेश र सुदुरुपश्चिमका अछाम, दार्चुला, डोल्पा, दैलेख, जाजरकोट मुगु, जुम्लालगायतका जिल्लामा रहेका छाउगोठ हटाउन भनेको हो । छाउ गोठ हटाउनका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुख रहेको विशेष संयन्त्र बनाउने निर्णय समेत गरेको छ ।
सो निर्णय अनुसार तत्का संयन्त्र बनाउने काम अघि बढाउन सम्बन्धित जिल्ला प्रमुख र सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । मन्त्रालयले छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कारबाही गर्न सरकारी तवरबाट प्राप्त हुने सेवा सुविधा रोक्न निर्देशन दिँदै छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी सहकार्यमा भत्काउन भनेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...
मकवानपुर दुर्घटना : मृतकको संख्या ३ पुग्यो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको...
२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...
नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...
Top