३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार


तस्वीर साभार : abcnews.go

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म भएको गोली काण्डमा १ जनाको ज्यान गएको छ भने करिब २ दर्जन घाइते भएका छन् । बाल्टिमोट, मिनिसोटा तथा सिकागोमा फरक फरक समयमा भएको गोली काण्ड कसले र किन गरायो भने विषयमा अहिलेसम्म केही खुल्न नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको बाल्टिमोर शहरस्थित डाउनटाउनमा भएको गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घटनामा अहिलेसम्म कोही पनि नेपाली परेको जानकारी प्राप्त भएको छैन ।

उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको बताइएका छ । सडकमा भएको सो गोलीकाण्डमा संलग्नहरुलाई पक्रन प्रहरीले स्थानीय सिसिटिभी फूजेटलगायतको अनुसन्धान गरिरहेको छ । घटनामा घाइते हुनेमा अधिकांश युवायुवती रहेको बताइएको छ । बिहान २ बजेतिर स्थानीय एक क्लव नजिकै सो घटना भएको बताइएको छ ।

यस्तै, अमेरिकी शहर मिनेसोटामा भएको अर्को गोली काण्डमा एक युवकको ज्यान गएको छ । १९ वर्षका चाई याङ्ग नामका ती युवकको हत्यामा संलग्नमाथि पनि प्रहरीले सर्च अपरेशन अघि बढाएको छ । सो घटनामा पनि करिब १० जना घाइते भएका छन् ।

यता शिकागोको साउथ मे स्ट्रीटमा आइतबार भएको गोलीकाण्डमा १५ जना घाइते भएका छन् । स्थानीय एक घरभित्र भएको सो गोलीकाण्डको प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको र यो समाचार तयार पार्दासम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन ।

घटनालगत्तै प्रहरीले सो क्षेत्रलाई घेरा हालेर अनुसन्धान तथा घटनामा संलग्नको खोजी तीव्र बनाएको छ । पछिल्ला केही वर्षहरुमा अमेरिकामा गोलीकाण्डका कारण सयौंले ज्यान गुमाइएसकेका छन् भने अमेरिकाबासीहरु आफूलाई असुरक्षित महशुस गर्न थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

Scientists’ Obligations During the COVID-19 Outbreak Scientists’ Obligations During the COVID-19 Outbreak

२०७६ फाल्गुन १३ गते मंगलबार

John D. Loike Since December 2019, the spread of...

Top