‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

Best Khabar Team | २०७७ माघ ३० गते शुक्रबार


१२ फेब्रुअरी, २०२१
काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक शरीरलाई कि जलाईन्छ वा गाडिन्छ । आ–आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसको मृत्यु भएपछि उसको शरीरको अन्त्येष्टि गर्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । विरलैमात्र घटना सुनिन्छ जसले आफ्नो शरीर मृत्यु भएपछि कसैलाई दानका रुपमा प्रदान गरोस् ।

शताब्दीपुरुष एवं संस्कृतिविद् जोशी दम्पत्ती । फाइल फोटो ।

तर उमेरले १०० वर्ष नाघेका शताब्दी पुरुषको रुपमा समेत परिचत ललितपुरका सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशी भने यस्तै विरलैमध्येमा पर्ने भएका छन् । उनीहरुले आफ्नो शरीरबाट प्राण गएपछि बाँकी रहने भौतिक शरीर ललितपुरकै एक अस्पताललाई दान दिने घोषणा गरेका छन्। ललितपुरको किष्ट अस्पतालबाट आजीवन निशुःक रुपमा उपचार गराउँदै आएका जोशी दम्पत्तीले आफूहरुको मृत्युपछि बाँकी रहने पार्थिव शरीर अध्ययन र अनुसन्धानको प्रयोजनार्थ सोही अस्पताललाई दान दिने घोषणा गरेका हुन् ।

ललितपुरमा आज गरिएको पत्रकार सम्मेलनमा जोशीले १०० वर्षसम्म जिवित रहने व्यक्तिको शरीरका विभिन्न अंगको कार्यअवस्थालगायतका बारेमा जानकारी लिने चिकित्सक तथा यस क्षेत्रका शिक्षार्थीको अध्ययनका लागि शरीर दान गर्न लागेको बताए । हाल उमेरले १०१ वर्ष पुगेका जोशीले आज आयोजित एक कार्यक्रममा ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतको उपस्थितिमा आफू र ९६ वर्षीया श्रीमतीको शरीर मृत्युपछि अस्पताललाई दिने मन्जुरीना पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा उनका छोरालगायत आफन्तहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । नेपालमा पछिल्ला वर्षहरुमा मृत्युपछि आँखा दान गर्नेहरुको संख्या उल्लेख्य भएपछि शरीर नै दान गर्नेहरु भने कमै भेटिन्छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

यौन दुराचारको आरोपी महरा थप  ३ दिन हिरासतमै रहने यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

२०७६ आश्विन २८ गते मंगलबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

Top