Best Khabar Team | २०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार सरकारले आगमा पुस १६ अर्थात् जनवरी १ तारिकका दिन काठमाडौंको दरशथ रंगशालामा विशेष समारोहको आयोजना गर्न लागेका हो ।

सो समारोहबाटै नेपाल भ्रमणवर्ष २०२० को औपचारिक सुरुवात गरिने छ । कार्यक्रममा सहभागिता जनाउन सबै सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिसकिएको छ । यस्तै विभिन्न जातजाति, भाषाभाषी, धर्म र संम्प्रदायको सांस्कृतिक झाँकी तथा प्रस्तुती पनि कार्यक्रममा रहने छन् । सो कार्यक्रमम १० लाख जनाको उपस्थिति गराउने महत्वकांक्षी लक्ष्य सरकारले राखेको छ ।
क्यालेण्डर नै बनाएर नेपाल भ्रमण वर्ष भित्रै थप ३० मुख्य पर्यटकीय क्षेत्रलाई विस्तार गर्ने लक्ष्यसमेत राखेको नेपाल भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्चुनारायण श्रेष्ठको भनाई छ । सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सन् २०२० मा सरकारले २० लाख विदेशी पर्यटक नेपाल भित्र्या-उने तयारी गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका
२०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...
काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...
नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि
२०७७ श्रावण १३ गते मंगलबार
२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...
उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...
Top