Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०
शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ ।

आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका साथै कोरोनाले समुदायमा समेत प्रभाव फैलाउन थालेको निष्कर्षसहित स्थानीय कोरोना संकट व्यवस्थापन समितिले आज रातिबाट लागूहुने गरी लकडाउन शुरु गर्न लागेको हो । विराटनगरमा पछिल्ला दिनहरुमा भेटिएका कोरोना संक्रमितको संख्या र प्रकृति हेर्दा यो समुदायस्तरमै फैलिएको पुष्टि समितिले गरेको छ ।
लकडाउन गरिएसँगै चेकजाँच तथा यसबाट बच्नका लागि आवश्यक सबै पूर्वतयारीहरु र सावधानीहरु अपनाउन र यसलाई कडाईका साथ लागू गर्न अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ । लकडाउनका समयमा अत्याबश्यकीय सेवामा रहेका बाहेकका अन्य सवारी साधन र मानिसहरुलाई आवातजावतमा पूर्ण रोक लगाईने उपमहानगरपलिकाले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु
२०७७ श्रावण २५ गते आइतबार
०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...
भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१
२०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद...
कोरोनाका कारण स्थगित २०७६ को एसईई परीक्षा नगर्ने सरकारको निर्णय, विद्यालयको आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गरिने
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र...
Top