Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार
२४ मार्च, २०१८
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका गतिविधि आतंकारी भएको भन्दै उसलाई आर्थिक तथा अन्य कुनैपनि सहयोग नगर्न सर्वसाधारणलाई अपिल गरेको छ । सो समूहले कोही कसैसँग चन्दा मागे तथा जर्वजस्ती गरेमा तत्काल नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई खबर गर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति निकालेर चन्द समूहलाई कोही कसैले चन्दा दिई आर्थिक तथा अन्य कुनै भौतिक सहयोग गरे सहयोग गर्नेलाई समेत कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
सरकारले चन्द माओवादीको गतिविधिमाथि पूर्णरुपमा प्रतिबन्ध लगाएको केही साता वित्न नपाउँदै गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी चन्द माओवादीका गतिविधिलाई नियन्त्रण गरी सम्बृद्ध नेपाल तथा सुखी नेपालीको परिकल्पना सफल गर्न सबैसँग सहयोग समेत मागेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...
पाल्पा दुर्घटनामा ज्यान गुमाउने १० जनाको सनाखत, १६ जना घाइतेको उपचार हुँदै
२०८० फाल्गुन १ गते मंगलबार
१३, फेब्रुअरी, २०२४तानसेन, पाल्पा । पाल्पामा आज दिउँसो भएको...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
Top