Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक पोर्चुगलका विभिन्न स्थानमा पानीसँगै आएको हावाहुरीले दर्जनौं स्थानमा रुखहरु लडाएको छ । रुखहरु लड्दा कतिपय ठाउँमा बाटोहरु अवरुद्ध बनेको छ भने कतिपय स्थानीयको घर रुखले च्यापेको छ । स्थानीय नागरिक सुरक्षा अधिकारीका अनुसार राजधानी लिस्बोनसहित देशका प्राय सबै क्षेत्रको मौसम अपरान्हदेखि विग्रेको हो । यो अवस्था आइतबारसम्म जारी रहने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण पोर्चुगलका उत्तरी क्षेत्र एभेइरो, भिसाउ, ब्राघा, पोर्तो तथा भियानादा दु कास्तेलोलगायतका क्षेत्र बढी प्रभावित भएको छ । यस्तै पोर्चुगलको पर्यटकीय क्षेत्र अल्गार्भमा पनि हावाहुरीसँगै परेको पानीका कारण समुद्री सतहको लेबल बढेको छ । जसका कारण केही ठाउँमा बस्तीतर्फ पानीको बहाव बढ्न थालेको छ ।

यस्तै दर्जनौं स्थानमा रुखहरु ढलेर सडक तथा घरहरु च्यापेको छ । पर्यटकीय क्षेत्र अल्गार्भका लागोआ, पोर्तिमाउ तथा सिल्भासलगायतका स्थान बढी प्रभावित भएको बताइएको छ । कतिपय स्थानमा पानीको तह खतराको सूचिभन्दा आधा मिटर माथिसम्म आइपुगेको छ । यस्तै अलमादा, सेतुबहाल, सान्तोष तिर्सो तथा पोर्तोलगायतका स्थानका आधादर्जन स्थानीय परिवार रुखहरु ढलेपछि घर छाडेर बाहिरिएका छन् ।


अहिले हावाहुरी र बाढी प्रभावित स्थानमा सुरक्षाकर्मी तथा स्थानीय उद्दारकर्ता पुगेर उनीहरुलाई सुरक्षाको उपाय अपनाउन आग्रह गरिरहेका छन् । यो क्रम डिसेम्बर २२ सम्म जारी रहने मौसम विभागको भनाई छ ।
तस्वीर सौजन्य : सेफ कमिसन पोर्चुगल
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी
२०७७ श्रावण १ गते बिहिबार
१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान
२०७६ पुष १२ गते शनिबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...
Top