Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक पोर्चुगलका विभिन्न स्थानमा पानीसँगै आएको हावाहुरीले दर्जनौं स्थानमा रुखहरु लडाएको छ । रुखहरु लड्दा कतिपय ठाउँमा बाटोहरु अवरुद्ध बनेको छ भने कतिपय स्थानीयको घर रुखले च्यापेको छ । स्थानीय नागरिक सुरक्षा अधिकारीका अनुसार राजधानी लिस्बोनसहित देशका प्राय सबै क्षेत्रको मौसम अपरान्हदेखि विग्रेको हो । यो अवस्था आइतबारसम्म जारी रहने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण पोर्चुगलका उत्तरी क्षेत्र एभेइरो, भिसाउ, ब्राघा, पोर्तो तथा भियानादा दु कास्तेलोलगायतका क्षेत्र बढी प्रभावित भएको छ । यस्तै पोर्चुगलको पर्यटकीय क्षेत्र अल्गार्भमा पनि हावाहुरीसँगै परेको पानीका कारण समुद्री सतहको लेबल बढेको छ । जसका कारण केही ठाउँमा बस्तीतर्फ पानीको बहाव बढ्न थालेको छ ।

यस्तै दर्जनौं स्थानमा रुखहरु ढलेर सडक तथा घरहरु च्यापेको छ । पर्यटकीय क्षेत्र अल्गार्भका लागोआ, पोर्तिमाउ तथा सिल्भासलगायतका स्थान बढी प्रभावित भएको बताइएको छ । कतिपय स्थानमा पानीको तह खतराको सूचिभन्दा आधा मिटर माथिसम्म आइपुगेको छ । यस्तै अलमादा, सेतुबहाल, सान्तोष तिर्सो तथा पोर्तोलगायतका स्थानका आधादर्जन स्थानीय परिवार रुखहरु ढलेपछि घर छाडेर बाहिरिएका छन् ।


अहिले हावाहुरी र बाढी प्रभावित स्थानमा सुरक्षाकर्मी तथा स्थानीय उद्दारकर्ता पुगेर उनीहरुलाई सुरक्षाको उपाय अपनाउन आग्रह गरिरहेका छन् । यो क्रम डिसेम्बर २२ सम्म जारी रहने मौसम विभागको भनाई छ ।
तस्वीर सौजन्य : सेफ कमिसन पोर्चुगल
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...
नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु
२०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...
पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...
भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...
Top