Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो पटक थप एक नेपालीको निधन भएको छ । स्थायी घर नेपालको पर्वत जिल्लाको फलेवास नगरपालिका -८ ठानामौला चारभञ्ज्याङ्ग भएका समाजसेवी नारायण गुरुङ्गको स्थायीय समय अनुसार हिजो दिउँसो निधन भएको हो । केहीसाता यता कोरोनाको लक्षण देखिएपछि गुरुङ्गको लण्डनस्थित ननिटनको जर्ज इलिएट अस्पतालमा उपचार भै रहेको थियो ।

उपचारका क्रममा आइसियुमा रहेका उनको हिजो दिउँसो ज्यान गएको तमु धिं यूकेले जानकारी दिएको छ । स्वर्गीय गुरुङ्ग परिवारसहित विगत लामो समयदेखि अल्डरशटमा बसोबास गर्दै आइरहेका थिए । बेलायतमा रहेका नेपालीहरु माझ अत्यन्तै असल र सामाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय गुरुङ्ग रहेका थिए । उनले बेलायतमा गठित धेरै नेपाली संघ संस्थामा सक्रिय रुपमा कार्यगर्दै आइरहेका थिए ।
उनले आफ्नो गाउँमा पनि विभिन्न विकास निर्माण तथा अन्य सामाजिक सहयोग गर्दै आइरहेका थिए । यस्तै उनी पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार तथा चार भञ्ज्याङ्ग समाजका संरक्षक समेत रहेका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...
२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...
खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...
एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...
Top