Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०
वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो पटक थप एक नेपालीको निधन भएको छ । स्थायी घर नेपालको पर्वत जिल्लाको फलेवास नगरपालिका -८ ठानामौला चारभञ्ज्याङ्ग भएका समाजसेवी नारायण गुरुङ्गको स्थायीय समय अनुसार हिजो दिउँसो निधन भएको हो । केहीसाता यता कोरोनाको लक्षण देखिएपछि गुरुङ्गको लण्डनस्थित ननिटनको जर्ज इलिएट अस्पतालमा उपचार भै रहेको थियो ।

उपचारका क्रममा आइसियुमा रहेका उनको हिजो दिउँसो ज्यान गएको तमु धिं यूकेले जानकारी दिएको छ । स्वर्गीय गुरुङ्ग परिवारसहित विगत लामो समयदेखि अल्डरशटमा बसोबास गर्दै आइरहेका थिए । बेलायतमा रहेका नेपालीहरु माझ अत्यन्तै असल र सामाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय गुरुङ्ग रहेका थिए । उनले बेलायतमा गठित धेरै नेपाली संघ संस्थामा सक्रिय रुपमा कार्यगर्दै आइरहेका थिए ।
उनले आफ्नो गाउँमा पनि विभिन्न विकास निर्माण तथा अन्य सामाजिक सहयोग गर्दै आइरहेका थिए । यस्तै उनी पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार तथा चार भञ्ज्याङ्ग समाजका संरक्षक समेत रहेका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...
भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...
Top