Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार भारतीय नम्बर एस के ०१ पिबी ३०६८ नम्बरको यात्रुबाहक जीप जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो ।
दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको ज्यान गएको हो । भारतको सिक्किमबाट आफन्तलाई भेटेर फर्कने क्रममा आज बिहान ७ बजे सो जीप दुर्घटनामा परेको बताइएको छ । बाक्लो हुस्सु लागेका कारण जिप चालकले बाटो नदेखेका कारण नियन्त्रण गुमाउँदा जीप दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । गम्भीर घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...
कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो
२०७७ माघ ८ गते बिहिबार
२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...
पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...
सिन्धुपाल्चोकमा निर्माणाधिन कभर्ड हल पहिरोले बगाउँदा ८ मजदुरको मृत्यु
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०बाह्रबिसे । सिन्धुपाल्चोकमा नवनिर्मित कभर्ड हल पहिरोले...
Top