आइतबार बिहान एक घण्टा १८ मिनेको खण्डग्रास चन्द्रग्रहण लाग्दै

Best Khabar Team | २०८० कार्तिक ११ गते शनिबार


२८ अक्टोबर, २०२३
काठमाडौं । आज राति १ बजे खण्डग्रास चन्द्रगहण लाग्दैछ । नेपाली समय अनुसार शनिबार राति (आइतबार बिहान १ बजेर २० मिनेटमा) शुरुहुने खण्डग्रास चन्द्रग्रहण काठमाडौं उपत्यकालगायत देशैभरबाट हेर्न सकिनेछ । यद्यपि केही जिल्लाको मौसम भने बदलिहुने अनुमान गरिएको भएपनि उपत्यकालगायत देशभरबाटै मध्यरातमा लग्ने चन्द्रग्रहण सजिलै देख्न सकिन्छ ।

तस्वीर साभार : इन्टरनेट ।

यसपटकको चन्द्रग्रहण खण्डग्रास भएकाले बिहान २ बजेको आसपासमा आकाशमा हेर्दा चन्द्रमाको केही भागमा मात्रै छायाँ देखिने छ । आइतबार बिहान १ बजेर २० मिनेटमा शुरुहुने चन्द्रग्रहण २ बजेर ३८ मिनेटमा समापन हुनेछ । यसपटकको ग्रहण युरोप, एसिया, अष्टेलिया, अमेरिकालगायतका क्षेत्रबाट पनि सहजै देख्न सकिने विपी कोइराला प्लानेटोरियम अब्जरभेटरी तथा विज्ञान संग्रहालयले जनाएको छ । पृथ्वी र चन्द्रमाले क्रमश सूर्य र पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो । पृथ्वी, चन्द्रमा र सूर्य एउटै सरल रेखामा पर्ने क्रममा कहिलेकाँही मात्रै ग्रहण अर्थात् पृथ्वीको छायाँ चन्द्रमा पर्दछ।

ज्योतिषशास्त्रीहरुका अनुसार ग्रहण लाग्नु केहीघण्टा अघि नै यसको सुतक लाग्ने गर्दछ । सुतकको समयदेखि ग्रहण समाप्त नहुञ्जेलसम्मका लागि बालबालिका बृद्धबृद्धा, सुत्केरी तथा विरामीबाहेक अन्यले खाने, पिउनेलगायतका कार्य गर्न नहुने शास्त्रीय मान्यता रहेको छ । यस समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएकाले विशेषत ग्रहणको बेलामा अन्नदान, जप, ध्यान, साधना, मन्त्र लिनेदिने लगायतका कर्म गर्दा यसले उत्तम फल दिने धर्मशास्त्रका ज्ञाता प्रा.डा रामचन्द्र गौतममले बेष्टखबरलाई जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...

धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

Top