Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरेर फर्केका तीर्थयात्री चढेको बस आज सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ भने अरु १७ जना घाइते भएका छन् ।
कालिञ्चोकबाट काठमाडौं आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५ जनाको सनाखत भएको छ । बसको स्टेरिङ तथा टायरमा समस्या देखिँदा–देखिँदै चालकले जवरजस्ती गाडी चलाएकोले बस दुर्घटनामा परेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । गम्भीर घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याइएक छ भने सामान्य घाइतेहरुको सिन्धपाल्चोक तथा काभ्रेका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
दुर्घटनामा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का सुकबहादुर तामाङ्ग, सविना तामाङ्ग, दोलखा विभेश्वर नगरपालिकाकी जुनुमाया तामाङ्ग, मञ्जु तामाङ्ग रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५का महेश तामाङ्ग र भक्तपुर सूर्यविनायकका चिनु बस्नेतको सनाखत भएको भएको छ । दुर्घटनालगत्तै गाडीका चालक फरार रहेका छन ।
घाइते यात्रुहरुका अनुसार जर्वजस्ती चालकले ‘कन्डिसन’मा नभएको गाडी चलाउँदा दुर्घटनामा परेको हो । दुर्घटना हुँदै गर्दा चालक सिटको ढोका खोलेर चालक फरार रहेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...
१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...
२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...
आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा
२०७७ माघ २ गते शुक्रबार
१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...
Top