Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरेर फर्केका तीर्थयात्री चढेको बस आज सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ भने अरु १७ जना घाइते भएका छन् ।
कालिञ्चोकबाट काठमाडौं आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५ जनाको सनाखत भएको छ । बसको स्टेरिङ तथा टायरमा समस्या देखिँदा–देखिँदै चालकले जवरजस्ती गाडी चलाएकोले बस दुर्घटनामा परेको दुर्घटनाका घाइतेहरुले बताएका छन् । गम्भीर घाइतेहरुलाई उपचारको लागि काठमाडौं ल्याइएक छ भने सामान्य घाइतेहरुको सिन्धपाल्चोक तथा काभ्रेका विभिन्न अस्पतालमा उपचार भै रहेको छ ।
दुर्घटनामा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का सुकबहादुर तामाङ्ग, सविना तामाङ्ग, दोलखा विभेश्वर नगरपालिकाकी जुनुमाया तामाङ्ग, मञ्जु तामाङ्ग रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५का महेश तामाङ्ग र भक्तपुर सूर्यविनायकका चिनु बस्नेतको सनाखत भएको भएको छ । दुर्घटनालगत्तै गाडीका चालक फरार रहेका छन ।
घाइते यात्रुहरुका अनुसार जर्वजस्ती चालकले ‘कन्डिसन’मा नभएको गाडी चलाउँदा दुर्घटनामा परेको हो । दुर्घटना हुँदै गर्दा चालक सिटको ढोका खोलेर चालक फरार रहेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने
२०७७ माघ २९ गते बिहिबार
११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९)...
कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना...
सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...
भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन
२०७७ बैशाख २२ गते सोमबार
०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...
Top