करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतो बीचमा पहेँलो खादासहित

१३ डिसेम्बर, २०१९
काठमाडौं । करिब ४७ लाख रुपैयाँ ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट हालै एक नेपाली युवक छुटेका छन् । उनले आफू छुटेलगत्तै ब्लडमनी तिर्नका लागि सहयोग जुटाउने सबैप्रति धन्यावाद समेत दिएका छन् । चितनवका जलेश्वर महतोले आफूलाई जेलबाट छुटाउन सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम उपलब्ध गराइदिएको भन्दै सामाजिक स्वयंम सेवक मिसनमार्फत् रकम पठाउनेहरुलाई धन्यवाद व्यक्त गरेका हुन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी संकलित मध्येको बाँकी एक लाख १८ हजार रुपैयाँ महतोलाई हस्तान्तरण गरेको छ । मिसनका संयोजक सागर लामिछानेले रकम हस्तान्तरण गरेका हुन् । महतोले ब्लडमनीवापत् ९० लाख तोकिएकोमा ४६ लाख २५ हजार नेपाली रुपैयाँ बराबरको साउदी रियाल पठाइएपछि आफ्नो जीवनरक्षा भएको बताए ।

‘ब्लड मनी वापत्को ९० लाख जुटाउने मेरो हैसियत थिएन, ४६ लाख २५ हजार सामाजीक स्वंयम सेवक मिसन नेपालले जुटाएर पठायो र बाकी रकम साउदीको जेलले मिनाहा ग¥यो,’ चितवन स्थायी घर भएका महतोले भने । उक्त रकम बुझेपछि आफू घर फर्किएको उनले बताए । साउदी अदालतले सवारी चलाएर दुर्घटना भएपछि महतोलाई हत्यामा मुद्दा चलाएर दोषी ठहर गरेको थियो । घटनापश्चात अलकुरीयात जेलमा राखे पनि पछि रियाद जेलमा सारीएको थियो । सामाजिक स्वयंम सेवक मिसनका संयोजक समेत रहेका अभियन्ता सागर लामिछानेका अनुसार २०७१ मा कामको सिलसिलामा साउदी पुगेका चितवन खैरेनी न.पा १० पिद्रहनीका जलेश्वर महतो कम्पनीको गाडी चलाउने क्रममा ९ महिनामा नै दृर्घटनामा भएको थियो ।

उनले चलाएको गाडीको ठक्करबाट एउटा मानिसको मृत्यु भएपछि हत्याको अभिगोगमा साउदी स्थित अलकुरीयात जेल चलान गरिएको थियो । हत्याको अभियोग लागेको महतोलाई साउदीको अलकुरियात जेलले ९० लाख ब्लड मनि तोक्योे । हत्याका दोषीले ब्लडमनीवापत् रकम तिरेमा सजाय छुट हुने साउदी अरेबियाको कानुनमा उल्लेख छ ।

९० लाख रकम जुटाउन सामाजिक स्वयं सेवक मिसन सक्रिय भएको थियो । ब्लडमनी वापत्को रकम संकलन गरेर छोराको ज्यान बचाइदिएकोमा महतोका बाबु सुकरा महतोले खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । जलेश्वरकी आमा मलुई महतोले छोराको जीवनरक्षा भएकोमा सबैमा धन्यवाद व्यक्त गरिन् ।

जलेश्वर बचाऔ अभियानमा सरकारको तर्फबाट कुनै सहयोग नभएको र सरकारले लाचारीपन देखाएको सहयोगीले बताए । सिद्धार्थ अधिकारीले सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरु मर्कामा पर्दा बेवासता गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘सबै काम जनताले गर्ने हो भने सरकारले के भ्रष्टचारी मात्रै पालेर बस्ने ?’



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन :  देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

२०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...

सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित) एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...

Top