सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार


विभिन्न संघ संस्थाको पहलमा काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना ।

११ डिसेम्बर, २०१९
काठमाडौं । भारतीय पक्षले नेपाल भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानमा सिमा अतिक्रमण गरेको विरोधमा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना दिइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको पहलमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरिएको हो ।

धर्नामा सहभागीहरुले भारतले हालै हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको देखाइएकोले त्यसलाई तत्काल सच्चाउन माग गरिएको थियो । यस्तै धर्नामा सहभागीहरुले सिमा अतिक्रमणसम्बन्धी निर्णय तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, नेपाल भारत मैत्री अमर रहोस लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भारतीय पक्षले गरेको सिमा अतिक्रमणको विरोधमा अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर विभिन जिल्लामा पनि विरोध तथा धर्ना कार्यक्रम भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता

२०७७ आश्विन १९ गते सोमबार

०५ अक्टोबर, २०२०मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’ न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...

टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

२०७९ फाल्गुन १ गते सोमबार

१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...

Top