माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार


२३ मार्च, २०१९
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय नेतासहित ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष व्युरोका अनुसार चन्द नेतृत्वको माओवादीका नेताहरुले ललितपुरको नख्खुमा रहेको एन सेल अगाडि विस्फोट गराएको सुचनाको आधारमा उनीहरुको खोजी तीव्र बनाएको थियो ।

यही क्रममा प्रहरीले माओवादीको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित अन्य नेता तथा कार्यकर्तालाई काभ्रेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।

ओली माओवादीका तेश्रो बरियताका नेता रहेको बताइएको छ । पक्राउ परेकाहरु सबै माओवादीमा संलग्न रहेको बताइएको छ । प्रहरीको अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीको संयुक्त अपरेशनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालय अगाडि विस्फोट गराउने मुख्य योजनाकार रहेको बताइएको छ ।

उनकै नेतृत्वमा विभिन्न स्थानमा माओवादीले विस्फोट गराएको प्रहरी स्रोतको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । उनले नेतृत्व गरेको विस्फोटका कारण ललितपुरको नख्खुमा १ जनाको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...

२०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न २०७७ सालको दशैं आजबाट बिधिबत् रुपमा सम्पन्न

२०७७ कार्तिक १४ गते शुक्रबार

३० अक्टोबर, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोपकैबीच यो वर्षको...

१०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको  मृत्यु १०० वर्षअघिको सीमा विवादमा दुई दक्षिण एसियाली देशबीच आक्रमण शुरु, कम्तीमा १२ जनाको मृत्यु

२०८२ श्रावण ८ गते बिहिबार

बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा...

पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे पूर्वमन्त्री गजुरेल भन्छन् : गत्यावरोधको प्रमुख कारक उपसभामुख तुम्बाहम्फे

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा...

Top