Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९
काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका केन्द्रीय नेतासहित ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष व्युरोका अनुसार चन्द नेतृत्वको माओवादीका नेताहरुले ललितपुरको नख्खुमा रहेको एन सेल अगाडि विस्फोट गराएको सुचनाको आधारमा उनीहरुको खोजी तीव्र बनाएको थियो ।
यही क्रममा प्रहरीले माओवादीको मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित अन्य नेता तथा कार्यकर्तालाई काभ्रेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का रहेका छन् ।
ओली माओवादीका तेश्रो बरियताका नेता रहेको बताइएको छ । पक्राउ परेकाहरु सबै माओवादीमा संलग्न रहेको बताइएको छ । प्रहरीको अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीको संयुक्त अपरेशनबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालय अगाडि विस्फोट गराउने मुख्य योजनाकार रहेको बताइएको छ ।
उनकै नेतृत्वमा विभिन्न स्थानमा माओवादीले विस्फोट गराएको प्रहरी स्रोतको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको छ । उनले नेतृत्व गरेको विस्फोटका कारण ललितपुरको नख्खुमा १ जनाको मृत्यु भएको थियो भने अन्य ३ जना घाइते भएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...
समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...
Top