नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व

Best Khabar Team | २०८२ भाद्र २८ गते शनिबार


नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला कार्की नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । जेनजीको आन्दोलनबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताच्यूत भएपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । जेनजी नेतृत्वमा भएको आन्दोलनमा काठमाडौंलगायत देशभर व्यापकरुपमा जनधनको क्षतिभएलगत्तै प्रधानमन्त्री बनेकी सुशीला कार्कीको काँधमा ठूलो जिम्मेवारी थपिएको छ । भ्रष्टाचार र अनियमितताबाट आक्रान्त बनेका नेपाली जनतामा सकारात्मक सन्देश प्रवाह गर्नका लागि कार्की नेतृत्वको सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अपरिहार्य बनेको छ । यस्तै आन्दोलनरत जेनजीको मागलाई सम्बोधन गर्ने, वर्तमान राजनीतिक शक्तिहरु समेत मिलाउँदै अघि बढ्नुपर्ने चुनौती कार्की नेतृत्वको सरकारमा छ । त्यसो त अहिले सबै मन्त्रालयको जिम्मेवारी कार्कीकै पोल्टामा रहेपनि केहीदिनभित्रै मन्त्रीमण्डल विस्तार हुनेछ ।

योसँगै आम जनताले सोचे अनुसारको परिवर्तनको प्रत्याभूति, शान्ति सुरक्षा, अमनचयन, भ्रष्टाचारीहरुलाई कारबाही, विधिको शासन, विकास निर्माण तथा आन्दोलनबाट क्षतिग्रस्त सरकारी संरचनाको निर्माण सरकारको पहिलो दात्यिव हुन आउँछ । यसका अलावा अबको ६ महिनापछिका लागि घोषित गरिएको आम निर्वाचनको तयारीमा पनि सरकार अविलम्ब लाग्नुपर्ने जिम्मेवारी वर्तमान सरकारको सामू छ । पहिलो प्रधानन्यायीश बनेर नेपालको इतिहाँसमा नाम लेखाउन सफल कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा समेत रेकर्ड राख्न सफल भएकी छन् ।

तर उनले युद्धस्तरमै अबका दिनमा निर्वाचनको तयारीका लागि लाग्नुपर्ने र आवश्यक कानुनी प्रक्रिया अघिढाउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने देखिन्छ । त्यसका लागि उनले सबै राजनीतिक दल, नागरिक समाजलगायतसँग छलफल गरी अघि बढ्नुपर्ने हुन्छ। साथै न्यायपालिकामा रहँदा देखाएको हक्की र इमानदार स्वभावलाई प्रधानमन्त्रीको रुपमा पनि जिवितै राख्नुपर्ने दात्यिव कार्कीको काँधमा रहेको ।

अबको छ महिनापछि हुन लागेको आम निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुअघि कार्कीले देश र जनताले प्रत्यक्ष देखिने गरी काम गर्नुपर्ने हुन्छ । त्यसका लागि उनले आजदेखि नै मन्त्रीमण्डल विस्तारको लागि छलफल शुरु गरिसकेकी छन् । यस्तै आन्दोलनका क्रममा घाइते भै अस्पतालमा उपचार गराईरहेका जेनजीका युवाहरुसँग पनि उनले आज स्वास्थ्य अवस्था बारे जानकारी लिएकी थिइन् । ती युवाहरुले पनि आन्दोलनको म्यान्डेटबाट बाहिर नगैकन काम गर्न कार्कीमार्फत् वर्तमान सरकारलाई अस्पतालबाटै खबरदारी गरेका छन् । यस्तै जेनजीलगायत नागरिक समाज, बुद्धिजीविलगायतसँग छलफल गरी सर्बसम्मत खालको मन्त्रीमण्डल विस्तार गरी काम अघि बढाउन पनि ढिलाई गर्नुहुँदैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते

२०८२ पुष १७ गते बिहिबार

०१ जनवरी, २०२६प्रतीक लामिछाने/ सेञ्जेन, लक्जम्बर्ग । नयाँवर्ष मनाउने...

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

Top