परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार


पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुर
भक्तपुर सुकुल ढोकाका ६५ वर्षका आशाकाजी बटाजुको दैनिकी माटोमै खेलेर वित्ने गर्दछ । १३ वर्षको उमेरदेखि आफ्ना बुबासँगै माटोको भाँडा बनाउने काममा सहयोग गर्नुभएका बटाजु आजसम्म पनि त्यसैगरी माटोको भाँडा बनाएर आफू र आफ्ना परिवारका ५ जना सदस्यको दैनिकी टारी रहनुभएका छ ।

कर्मशील बटाजुले ५ दशक भन्दा बढी समय यसैगरी माटोसँग खेलेर विताउनुभयो । ५० वर्षमा अन्य क्षेत्रमा विभिन्न खाले सुविधा तथा नयाँ प्रविधि भित्रिइसकेपनि माटोको भाँडा बनाउने काममा भने खासै कुनै नयाँ प्रविधि भित्रिएको छैन । जसका कारण बटाजु जस्ता धेरैको माटाको भाँडा बनाउने व्यवसाय संकटतर्फ धकेलिएको छ ।

मानव जीवनको जन्यदेखि मृत्यु प्रयान्त चाहिने महत्वपूर्ण सामग्रीको रुपमामाटोको भाँडाकुँडा रहेको छ । त्यसैले पराम्परागत यो पेशा जोगाउन अहिले बटाजुजस्ता दर्जनौं भक्तपुरबासीलाई निक्कै अप्ठेरो भै रहेको छ । माटोको भाँडाको विकल्पमा अन्य विभिन्न खाले चिनियाँ प्रविधिका प्लास्टिकका भाँडा समेत आयात हुन थालेपछि यो पेशा अहिले संकटमा पर्न थालेको छ । त्यसो त परम्परागत कालदेखि नै भोज भतेर, जन्म–मृत्यु संस्कारमा समेत माटाको भाँडा प्रयोग हुँदै आएको भएपनि अहिले माटाको भाँडाको तुलनामा प्लाष्टिकका सस्तो र सजिलै जहाँ पनि उपलब्ध हुने बैकल्पिक भाँडाहरु उपलब्ध हुने भएपछि यस्ता भाँडाकुडा बनाउनेहरुको पेशा संकटतर्फ धकेलिएको छ ।

विगतमा माटोको भाँडा बनाएरै महिनामा ८० देखि ९० हजारसम्म कमाई हुने गरेको भएपनि अहिले त्यसको आधाआधी कमाईमै चित्त बुझाउनुपर्ने बटाजुको भनाई छ । माटाको भाँडा बनाउन खर्च र समय बढी लाग्ने भएपनि यसको बजार मूल्य तुलनात्मक रुपमा कम भएकोले पनि आफूहरुको दैनिकी कठिन बनेको उहाँ बनाउनुहुन्छ । यस्तै माटको भाँडा भएकोले एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि त्यत्तिकै जोखिमपूर्ण भएकोले पसलेहरुको रोजाईमा पनि यसको विकल्पका भाँडाहरु पर्न थालेको व्यवसायीहरु बताउँछन् । यद्यपि भक्तपुरका दर्जनौं स्थानमा अहिले पनि यही माटाको भाँडाकुँडा बनाएर कतिपय स्थानीय बासिन्दाले गुजारा चलाउँदै आएका छन् ।

उनीहरूले आफ्नो आयस्रोतको रूपमा यही पुख्यौली पेसालाई लिएका छन् । विशेष गरी अहिले भक्तपुरको बोलाछे, व्यासी, ठिमी, कमलविनायक, सुकुलढोकालगायत विभिन्न ठाउँका बासिन्दाले यो पेसा अपनाउँदै आएका छन् । बोलाछेका राजेश प्रजापतीका सबै परिवार यसमा संलग्न छन् । उहाँका अनुसार अहिले परिवारको खर्च तथा केही बचत गर्ने रकम समेत यही पेशाबाट जोहो गर्न सकिएको छ ।उहाँका छोरा छोरीले पनि पढाईको अतिरिक्त समयमा उहाँलाई सहयोग गर्दै आइरहनुभएको छ । यस्तै व्यासीका महेश लहर्मीले पनि आफ्ना दुई छोराहरुलाई यही पेशाबाट अहिले उच्च शिक्षा अध्ययन गराईरहनुभएको छ भने घरखर्च तथा अन्य भैपरी आउने कामको गर्जो पनि टरेको छ ।

उहाँको भनाई अनुसार पनि विगतमा जस्तो माटोको भाँडाको बजार पहिले जस्तो छैन । भक्तपुरमा बनेको माटोका सामाग्री नेपालको काठमाडौं, जिरी, पोखरा, बनेपालगायत विभिन्न ठाउँमा बिक्री हुन्छ । यसका अलावा विदेशबाट आउन पर्यटकहरुले पनि यसलाई उपहारको रुपमा आफ्नो देश लैजाने गर्दछन् । विगतमा ठूलो मात्रामा माटोको भाँडाहरु विदेश निर्यात हुने भएपनि अहिले त्यो क्रम कम भएको छ ।

माटोको भाँडा बनाउन चिनियाँ माटो तथा कालिमाटी चाहिने भनेपनि अहिले अव्यवस्थित रुपमा खुलेको ईँटा भट्टाका कारण माटोको अभाव हुन थालेको छ । माटोको भाँडाका रुपमा बत्तिबाल्ने दियो, खुत्रुके, पटासी, हाँडी, गाग्री, कलाचा, कटारो, देवीदेवताको मूर्तिलगायत कोठा सजाउने विभिन्न सामाग्री बनाउने गरिन्छ । यसरी बनाइएका भाँडाहरु देख्दा निक्कै आकर्षक हुने गरेका छन् । तर सरकारले यो व्यवसायलाई जोगाउन तथा यस्ता काममा लाग्नेहरुको रोजी रोटी सुनिश्चित गर्नेतर्फ विशेष पहल नगर्दा विस्तारै अब यो पेशा संकटतर्फ धकेलिएको छ ।

यसरी माटोको भाँडा बनाउने व्यवसायमा अहिलेको नयाँ पुस्ताको संलग्नना निक्कै कम हुने गरेको छ । यस कारणले पनि अब भोलिका दिनमा यस्ता पेशा जोगाउँदै स्वदेशी उत्पादन र यसको प्रयोग गर्नेतर्फ राज्यले प्रभावकारी कार्यक्रम र कदम चाल्नुपर्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०२६ पुष १७ गते बिहिबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७८ असार १८ गते शुक्रबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा

२०२६ पुष १७ गते बिहिबार

१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०२६ पुष १७ गते बिहिबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

Top