भारतीय ध्वजाबाहक विमान दुर्घटना : २ सय भन्दा बढीको मृत्यु

Best Khabar Team | २०८२ जेठ २९ गते बिहिबार


१२ जुन, २०२५ नयाँदिल्ली, भारत । भारतको अहमदाबादबाट लण्डनका लागि २ सय ३० यात्रु लिएर उडान भरेको भारतीय ध्वजाबाहक विमान आज दिउँसो भारतमा दुर्घटना हुँदा विमानमा सवार एकजना बाहेक सबैको मृत्यु भएको छ । घटनास्थलमा खटिएका सुरक्षाकर्मीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार विमानमा रहेका मध्ये एकजना यात्रु भने सामान्य घाइते भएका छन् । विमान भुँईमा बज्रिएलगत्तै आफू उछिट्टिएको बताउने ती बेलायती नागरिकको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । अहमदाबादबाट बेलायतको लण्डननका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो करिब साढे १ बजेतिर स्थानीय सरदार बल्लभभाई पटेल विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

विमानस्थलबाट उडेलगत्तै केहीबेरमै विमान नजिकै रहेको आवासीय स्थलमा खसेको थियो । विमान भूईँमा बज्रने वित्तिकै आगो लागेको थियो । विमानमा २ जना पाइलटसहित चालक दलका १२ जना सदस्य र बाँकी २ सय ३० जना यात्रु रहेको बताइएको छ । दुर्घटनामा परी एकजना यात्रुबाहेक सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपि यसको औपचारिक पुष्टि भने सरकारी तबरबाट यो समाचार तयार पार्दासम्म हुन सकेको छैन । एयर इन्डियाको बोइङ ७८७ ड्रिम लाइनर विमानमा सवार यात्रुमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसमेतको सो दुर्घटनामा परी ज्यान गएको छ । विमानले उडान भरेको २ मिनेट नपुग्दै स्थानीय चिकित्सकहरुको आवासीय क्षेत्रमाथिको घरमा बज्रेको थियो । मृतकमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती तथा ७ जना पोर्चुगिस नागरिक रहेका छन् ।

यस्तै एकजना क्यानाडाका नागरिकको पनि सो दुर्घटनामा परी ज्यान गएको छ । तर सो दुर्घटनामा परेका ४० वर्षीय भारतीय मुलका बेलायती नागरिक विश्वासकुमार रमेशले भने आफू सो विमान दुर्घटनामा परेलगत्तै उछिट्टिएर बाँचेको बताएका छन् । भारतको चर्चित पत्रिका द हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा विमान दुर्घटनामा परेपछि घरमा बज्रिएसँगै आफू भने उछिट्टिएर बाँचेको बताएका छन् । उनको स्थानीय अस्पतालमा सामान्य वार्डमा उपचार भै रहेको छ । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ । घटनाप्रति नेपाललगायत विश्वभरका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, घाइतेको स्वास्थलाभको कामना तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...

कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड  संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा...

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...

पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा……. पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

२०७६ पुष १९ गते शनिबार

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...

Top