Best Khabar Team | २०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५
काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल नामक सांगीतिक रियालिटी टिभी शोको छैठौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेको पोल्टामा गएको छ । शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दृष्टिबिहिनसमेत रहेका पाण्डेले उपाधी जितेका हुन् । ग्राण्ड फिनाले नाम दिइएको आजको फाइनल कार्यक्रममा निर्णायक समूहमध्येका खेम सेन्चुरी समूहमा रहेका उनी विजयी भएका हुन् ।

यस्तै सो कार्यक्रममा खोटाङका रोशन राई फस्ट रनरअप र इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । यस्तै सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषणा भएकी छन् । प्रतियोगिताको उपाधि सहित विजेता धादिङ्गे पाण्डेले २० लाख रुपैयाँ नगद र ट्रफि समेत प्राप्त गरेका छन् । यस्तै फस्टर्स रनरअप र सेकेन्ड रनरअपले जनही एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । कार्यक्रम हिमालय टेलिभिजनले सञ्चालन गरेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झापामा पनि भेटिए कोरोना संक्रमित
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज...
पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
Top