Best Khabar Team | २०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५
टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा सहभागी मानिसहरुको भीडलाई लक्षित आक्रमणकारीले गाडी चलाउँदा कम्तीमा एक दर्जनको ज्यान गएको छ । गएराति क्यानडाको पश्चिमी शहरमा अवस्थित भ्यानकुभरमा सडक महोत्सव हेर्न जम्मा भएका स्थानीय तथा पर्यटकहरुलाई लक्षित एक व्यक्तिले उनीहरुमाथि एक्कासी गाडी गुडाएको थियो । महोत्सवको रमझम चलिरहेका बेला मध्यरातमा भीडमा एक्कासी गाडी चलेपछि भागदौड मच्चिएको थियो ।

त्यस क्रममा गाडिले च्यापिएर र भागदौडका क्रममा हालसम्म ९ जनाको ज्यान गएको क्यानेडाली सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्यानकुभरको दक्षिणमा फिलिपिनो संस्कृति मनाउन भेला भएका मानिहरुलाई लक्षित गरी संदिग्ध एक व्यक्तिले गाडी चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सो घटनामा घाइते भएकाहरुलाई प्रहरीले उद्दार गरी स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गराएको छ । घटनामा परी घाइते भएकाहरुमध्य केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको क्यानडा सरकारले घोर भत्र्सना गर्द दोषीमाथि कडा कारबाही गरिने जनाएको छ ।
स्मरणीय के छ भने स्पेनी उपनिवेशको प्रतिरोध गर्ने राष्ट्रिय नायक लापु–लापुको सम्झनामा प्रत्येक वर्ष २७ अप्रिलमा फिलिपिन्समा लापु लापु दिवस मनाइन्छ। भ्यानकुभरमा पनि यसैको सम्झनामा केही वर्षदेखि यो दिवस मनाउने गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले
२०७७ बैशाख ६ गते शनिबार
१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...
धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु
२०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...
Top