रामप्रसाद खनालदेखि टंक दाहालसम्मलाई समेटेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन

Best Khabar Team | २०८१ पुष २४ गते बुधबार


०८ डिसेम्बर, २०२५
लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । विश्वका विभिन्न देशमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहभागी गराएर अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका गठन गरिएको छ । अमेरिका, नेपाललगायत विश्वका विभिन्न मुलुकमा रहेर स्वतन्त्र तथा सक्रिय रुपमा पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु समेतलाई समेटेर पत्रकार महासंघ अमेरिका गठन गरिएको बताइएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्ति अनुसार संस्था अमेरिकामा विधिबतरुपमा दर्ता भै गठन भएको हो । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका नाम दिइएको संस्थाको पहिलो कार्यसमितिको अध्यक्षमा बरिष्ठ पत्रकार एवं लोकगायक रामप्रसाद खनाल चयन हुनुभएको छ । उहाँ विगत लामो समयदेखि पत्रकारिता तथा कलाकारितामा संलग्न हुनुहुन्छ ।

यस्तै कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्राध्यापक डाक्टर पुरुषोत्तम दाहाल, महासंघको सल्लाहकारमा चयन हुनुभएको छ । यस्तै, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष, स्वाधीनका प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष डाक्टर बाल कृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासङ्घको सल्लाहकार रहनुभएको छ ।

महासङ्घको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोक पत्र देखी विभिन्न पत्र पत्रिकामा लामो समय देखी पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीन देखी धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख, एवं विभिन्न टेलिभिजनहरूमा काम गरिसक्नुभएका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्व सम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौँ पत्रपत्रिकाका सम्पादक रहिसकेका वरिष्ठ पत्रकार टङ्क पन्त छानिनुभएको छ । यसैगरी उपाध्यक्षमा पत्रकारितामा लामो समय देखी क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।

यसैगरी महासङ्घको महासचिवमा पछिल्लो समयमा खोज पत्रकारिताको माध्यमबाट चर्चामा रहनुभएका टंक दाहाल छानिनुभएको छ । उहाँ माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहनुभएका छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकार समेत रहेका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनुभएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा लामो समय देखी पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक, विगत लामो समय देखी पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका क्यानका पूर्व अध्यक्ष, पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह सम्पादकका रूपमा २०५० साल देखी कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहेका वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।

क्यानाडाबाट विगत २० वर्ष देखी नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनु भएका र विशेष गरी चलचित्र, कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल पनि बोर्ड अफ डाइरेक्टरमा छनौट हुनुभएको छ । यस्तै अस्ट्रेलियाबाट देशान्तरदेखि अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा समेत बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।

महासंघले आगामी दिनमा सबै महादेशहरू प्रतिनिधि छनौट गर्ने जनाएको छ । केही समयभित्रै नेपाल, बेलायत,अस्ट्रेलिया, जापान, क्यानाडालगायतका देशहरूमा शाखा निर्माण गरिने छ महासंघले जनाएको छ । पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्यका साथ महासंघ गठन गरिएको महासंघका अध्यक्ष रामप्रसाद खनालले जानकारी दिनुभएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...

फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...

भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति

२०७७ माघ २ गते शुक्रबार

१५ जनवरी, २०२१काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै...

तेश्रो पटक  चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

२०७९ फाल्गुन २७ गते शनिबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...

Top