युरोपेली मुलुक लक्जम्बर्गमा पहिलो पटक तमु ल्होसार (फोटोफिचर)

Best Khabar Team | २०८१ पुष ११ गते बिहिबार


२६ डिसेम्बर २०२४
लक्जम्बर्ग सिटी, लक्जम्बर्ग । युरोपेली मुलुक लक्जम्बर्गमा पहिलोपटक तमु ल्होसार मनाइएको छ । गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसरको अवसरमा लक्जम्बर्गमा रहेका गुरुङ्ग समुदायको सक्रियतामा पहिलो पटक ल्होसार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न क्षेत्रका नेपाली समुदायको सहभागिता रहेको थियो ।

गैर आवासीय नेपाली संघ लक्जम्बर्गका संरक्षक एवं पुराना व्यवसायी नारायण बहादुर गुरुङ्गले पहिलोपटक ल्होसार कार्याक्रम आयोजना गर्न पाउँदा आफूहरुलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । विदेशी भूमिमा यसरी आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन पाउँदा भावी पुस्तामा समेत संस्कृति हस्तान्तर हुने उहाँको भनाइ छ । यस्तै एनआरएनए लक्जम्बरर्गका संरक्षक एवं पूर्व अध्यक्ष हरि खत्रीले यस्ता चाडपर्वले विदेशमा रहेका नेपाली समुदायलाई थप एकताबद्ध बनाउने विचार व्यक्त गर्नुभयो । आउँदा वर्षहरुहरुमा यसलाई नेपाली समुदायको सामूहिक पर्वको रुपमा मनाउन आफूले पहल गर्ने उहाँको धारणा छ ।

यस्तै एनआरएनए लक्जम्बर्गका महासचिव बालहरी राईले तीन पुस्तालाई एकै ठाउँमा जम्मा गरेर यस्ता कार्यक्रम सम्पन्न हुनु निक्कै सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा बरिष्ठ लोक गायक मिलन लामाले विभिन्न सांगीतिक प्रस्तुति समेत पस्केका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

पूर्वसभामुख महरा थुनामुक्त पूर्वसभामुख महरा थुनामुक्त

२०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...

युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’ युरोपमै सबैभन्दा बढी कोरोना संक्रमित इटलीमा, झण्डै एक दर्जन शहर ‘उच्च निगरानीमा’

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२० रोम । युरोपमा हालसम्म सबैभन्दा बढी...

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...

Top