Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०
नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका मजदुरहरु सबार ट्रक दुर्घटनमा पर्दा भारतको उत्तरप्रदेशमा २४ जनाको निधन भएको छ । सो दुर्घटनामा परी करिब ४० जना घाइते भएका छन् । झण्डै ६५ जना सवार सो ट्रकलाई उत्तरप्रदेशको औरैयामा विपरित दिशाबाट आएको अर्को मालबाहक ट्रकले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनकोसँग अनुनय विनय गरेपछि मजदुरहरुलाई ट्रकमा घर फर्कन अनुमित दिइएको थियो ।
गएराति भएको सो दुर्घटना नयाँदिल्लीबाट आएको मालबाहक ट्रकले ठक्कर दिएका थियो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा भारतको झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुहरु रहेका छन् । दुर्घटनास्थल लखनउबाट झण्डै २ सय किलोमिटर टाढा रहेको बताइएको छ । उत्तरप्रदेशमा काम गर्ने मजदुहरुलाई लिएर सो ट्रक गन्तव्यतर्फ अघि बढ्दै थियो । सो ट्रकलाई ठक्कर दिने अर्को ट्रकले निर्माण सामग्री बोकेको थियो ।
दुर्घटनाग्रस्त ट्रकमा सवार मध्ये १५ जना गम्भीर घाइते रहेको बिबिसीले उल्लेख गरेको छ । घटनाको बारेमा स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ । सो ट्रकलाई ठक्कर दिने मालबाहक ट्रकका चालकलाई नियन्त्रणमा लिएर बयान लिन शुरु गरिएको छ । स्मरणीय के छ भने केहीदिन अघि भारतमा रेलले किचेर १६ जना मजदुरको घटनास्थलमै ज्यान गएको थियो । कोरोना संक्रमणको कारण सिँगो देश लकडाउन गरिएपछि भारतमा लाखौं मजदुर विचल्लिमा परेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...
बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...
नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...
कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द
२०७६ चैत्र ३ गते सोमबार
१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...
Top