लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते

Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार


१६ मे, २०२०
नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका मजदुरहरु सबार ट्रक दुर्घटनमा पर्दा भारतको उत्तरप्रदेशमा २४ जनाको निधन भएको छ । सो दुर्घटनामा परी करिब ४० जना घाइते भएका छन् । झण्डै ६५ जना सवार सो ट्रकलाई उत्तरप्रदेशको औरैयामा विपरित दिशाबाट आएको अर्को मालबाहक ट्रकले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनकोसँग अनुनय विनय गरेपछि मजदुरहरुलाई ट्रकमा घर फर्कन अनुमित दिइएको थियो ।

गएराति भएको सो दुर्घटना नयाँदिल्लीबाट आएको मालबाहक ट्रकले ठक्कर दिएका थियो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा भारतको झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुहरु रहेका छन् । दुर्घटनास्थल लखनउबाट झण्डै २ सय किलोमिटर टाढा रहेको बताइएको छ । उत्तरप्रदेशमा काम गर्ने मजदुहरुलाई लिएर सो ट्रक गन्तव्यतर्फ अघि बढ्दै थियो । सो ट्रकलाई ठक्कर दिने अर्को ट्रकले निर्माण सामग्री बोकेको थियो ।

दुर्घटनाग्रस्त ट्रकमा सवार मध्ये १५ जना गम्भीर घाइते रहेको बिबिसीले उल्लेख गरेको छ । घटनाको बारेमा स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ । सो ट्रकलाई ठक्कर दिने मालबाहक ट्रकका चालकलाई नियन्त्रणमा लिएर बयान लिन शुरु गरिएको छ । स्मरणीय के छ भने केहीदिन अघि भारतमा रेलले किचेर १६ जना मजदुरको घटनास्थलमै ज्यान गएको थियो । कोरोना संक्रमणको कारण सिँगो देश लकडाउन गरिएपछि भारतमा लाखौं मजदुर विचल्लिमा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी

२०७७ श्रावण १ गते बिहिबार

१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...

कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’ कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’

२०७७ जेठ १० गते शनिबार

सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

Top