Best Khabar Team | २०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३
काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट शुरुभएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरुले कागतिहार पर्व मनाउँदैछन् । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि शुरुहुने यमपञ्चक यो वर्ष शनिबारबाट शुरुभएको हो । यमपञ्चकको पहिलो दिन आज घर घरमा कागको पुजाआजा गरिँदैछ । परिवर्तन तथा सूचनाको सम्वाहको रुपमा मानिने कागलाई मनपर्ने खानेकुरा दिएर आज कागतिहार मनाउने गरिन्छ ।

आजैकै दिन धनत्रयोदशी (धनतेरस) मनाइँदै छ । आजै धनवन्तरी जन्यती समेत परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यो वर्ष तिथि घटबढका कारण भोलि कागतिहार तथा लक्ष्मीपुजा एकैपटक परेको छ । भोलि बिहान सबेरै नरक स्नान गरेर बिहान कुकुर पुजा गर्ने तथा बेलुका घरघरमा धनधान्यकी देवी लक्ष्मीको पुजा आराधना गरिने छ । यस्तै यो वर्ष कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट जाँदा भाईटिका रहेको समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त...
विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...
सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...
२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...
Top