मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी

Best Khabar Team | २०८० कार्तिक १७ गते शुक्रबार


०३ नोभेम्बर, २०२३
काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा काठमाडौं उपत्यकालगायत पश्चिम नेपालको धनगढी र भारतका केही भागमा समेत भूकम्पको धक्का महशुस गरिएको स्थानीयहरुले बताएका छन् ।

तस्वीर साभार गुगल ।

भूकम्पको धक्का कपिलबस्तुदेखि रामेछापसम्मका जिल्लामा महशुस भएको अहिलेसम्म प्राप्त जानकारीमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम नेपालको जाजरकोट जिल्लाको रामीडाँडा भएको बताइएको छ । यसको विस्तृत विवरण प्राप्त भै सकेको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो ।

भूकम्पले के कति क्षति भयो भन्ने विषयमा जानकारी प्राप्त भएको छैन । मध्यरातमा भूकम्प गएपछि काठमाडौं उपत्यकालगायतका जिल्लाका स्थानीयहरु घर बाहिर सडकमा निस्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...

अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो

२०८१ पुष २४ गते बुधबार

०८ जनवरी, २०२५बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य...

उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

Top