Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ फेब्रुअरी, २०२३
तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर फर्केका एकै परिवारका ५ जनासहित ६ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको देबचुलीबाट पाल्पाको रानीमहल घुम्न निस्केका एकै परिवारका ६ जनाको आज बिहान भएको जीप दुर्घटनामा ज्यान गएको हो ।

दुर्घटनामा परी एकै परिवारका २ महिला, एक पुरुष र दुई बालकको ज्यान गएको छ । यस्तै सोही परिवारका एक आफन्तको पनि जीप दुर्घटनामा परी मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहर घर भएका ६५ वर्षका कृष्णबहादुर लोहनीसहित उनको परिवारका ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कृष्णबहादुरकी श्रीमती पार्वती लोहनी, बुहारी सविना धिताल लोहनी नातिहरु सोबिस धिताल र अर्का एक २ वर्षका बालकको पनि ज्यान गएको छ । यस्तै कृष्णबहादुरका आफन्त चुना धितालको पनि दुर्घटनामा ज्यान गएको छ । दु
र्घटनामा परी कृष्णबहादुरका छोरा ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । दशैको बेला सपरिवार रानीमहल घुम्न निस्केका लोहनी परिवार चढेको जीप रानीमहलबाट फर्कने क्रममा स्थानीय बैकुण्ठे छाँगाको उकालोमा अनियत्रित भै बराङ्गी खोलामा खसेको थियो । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रोकियो स्ववियु चुनाव
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० काठमाडौं । ३ वर्षपछि हुन लागेको...
नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...
संविधान संसोधन नभए सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ पोखरा । उपप्रधान, स्वास्थ्य तथा जनसङख्या...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
Top