Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३
काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा भएको आतंककारी आक्रमणबाट मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज काठमाडौं आइपुगेको छ । परराष्ट्रमन्त्रालयको पहल र इजरायलस्थित नेपाली दुतावासको समन्वयमा इजरायल सरकार पठाएको सो शव आज बिहान काठमाडौं आइपुगेको हो ।

दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपानेको शव बिहानै काठमाडौं आइपुगिसकेको छ । यस्तै कैलालीकै आशीष चौधरीको शव भने केहीबेरअघि मात्रै काठमाडौं आइपुगेको छ । सबै शवको पोष्टमार्टम गरिसकेपछि आजै शवलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी लगिने बताइएको छ । धनगढीमा पुगेपछि ती शवहरु सम्बन्धित परिवारलाई बुझाइने परराष्ट «मन्त्रालयले जानकारी दिएको छ ।
हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली मध्ये बाँकी ६ जनाको शव पनि प्रक्रिया पुरा गरी छिट्टै नेपाल ल्याईने र यसका लागि इजरायल सरकारसँग कुराकानी भै रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह
२०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...
हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक
२०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...
पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा
२०७६ कार्तिक १ गते शुक्रबार
१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...
अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...
Top