मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान

Best Khabar Team | २०८० आश्विन २९ गते सोमबार


१६ अक्टोबर, २०२३
काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्रमश उपन्यासकार विशेक ओझा र कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । ललितपुरमा आज गरिएको एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षीतले ओझा र मुखिलालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित पुस्तकहरुमध्येबाट छनौट गरेर उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पुरस्कृतद्वय विबेक ओझा र टेकवीर मुखिया ।

यही क्रममा ओझाले लेखेको पुस्तक ‘ऐंठन’ले यो वर्षको मदन पुरस्कारको उपाधी प्राप्त गरेको हो । उपन्यासकार ओझाले माओवादीले विगतमा गरेको सशस्त्र युद्दको विषयहरुलाई यो पुस्तकमा समावेश गरेका छन् । विगतमा नेपाल राष्ट्र एवम् नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न लेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोग गरेको भन्दै सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गुठीले गरेको थियो । मदन पुरस्कार विक्रम संवत २०१२ सालमा स्थापना भएको हो । पहिलो पटक यो पुरस्कार २०१३ सालमा स्वर्गीय सत्यमोहन जोशी र बलराम जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

यस्तै यो वर्षको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले भने नेपाली वाङ्गमयको क्षेत्रमा सक्रिय छन् । उनी चित्रकलामा नेपालका चर्चित कलाकारको रुपमा चिनिन्छन् । मुखियाले यसअघि गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जनौं पुरस्कार पाइसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

२०७६ चैत्र ६ गते बिहिबार

विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका...

Top