Best Khabar Team | २०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३
काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा शुरु भएको छ । आज बिहान नेपाली समय अनुसार ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखेसँगै आजबाट दशैं शुरुभएको हो । हरेक वर्षको असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासमम्म १५ दिनसम्म धुमधामका लागि मनाइने दशैं पर्वमा विशेष गरी शक्तिस्वरुपा नव दुर्गाभवानीको पूजा आरधना गरि मनाइने गरिन्छ । आज घर घरमा तथा विभिन्न शक्तिपीठको दशैं घरमा दियो, कलश र गणेशको पूजासहित विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

पवित्र स्थानको माटो, बालुवा पूजा कोठा वा दसैं घरमा ल्याएर मकै, धान, गहुँ, तिललगायत अन्न छरेर जमरा राख्ने गरिन्छ । आज राखिएको जमरा दशैंको टिकाको दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गर्ने परम्परा रहिआएको छ । दुर्गामातालाई जमरा मन पर्ने भएका कारण विजयादशमीमा प्रसादका रुपमा जमरा ग्रहण गर्ने गरिएको धार्मिक मान्यता रहिआएको छ । विशेष गरी जमरालाई देवीमाताको अंगका रुपमा पनि मान्ने गरिन्छ ।
दसैंमा टीका लगाइसकेपछि फूलको सट्टा समृद्ध र विजयको प्रतिक जमरा लगाउने गरिन्छ । आज घटस्थापना गरिएसँगै शुरुभएको दशैंपर्व विजयादशमीको दिन सम्पन्न हुने छ । त्यसो त कोजाग्रत पूर्णिमासम्म मान्यजनहरुबाट टीका प्रसाद लिन मिल्ने चलन समेत रहेको छ । आज चित्रा नक्षत्र र वैधृति योग परेकाले चित्रा नक्षत्र र वैधृति योगको शान्ति पूजा गरेपछि मात्रै घटस्थापना गर्नु शास्त्रसम्मत देखिने नेपाल पञ्चाङ्ग निर्णयक समितले जनाएको छ ।
यो वर्ष कात्तिक ७ गते दुर्गा विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको तथा टीका प्रसाद ग्रहणका लागि बिहान ११ बजेर २ मिनेटको साइत उत्तम समितिले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...
COVID 19 TIME – SOME ENCOURAGEMENT
२०७७ श्रावण २३ गते शुक्रबार
Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...
रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...
Top