सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

Best Khabar Team | २०८० आश्विन २६ गते शुक्रबार


१३ अक्टोबर, २०२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जेल चलान गर्न आदेश दिएको छ । विद्युतीय चुरोट(भेप)मा राखेर लुकाइछिपाई ल्याइएको करिब ९ किलो सुन तस्करीको प्रकरणसँग जोडिएका राहुललाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न निर्देशन दिएको हो ।

पूर्वसभामुख महराका छोरा राहुल महरा ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश डण्डपाणि शर्माको इजलासले यो मुद्दाको किनारा नलागेसम्म राहुललाई जेल चलाउन गर्न आदेश दिएको हो । यस्तै घटनामा संलग्न अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई धरौटीमा छाड्न आदेश दिइएको छ । अदालतका सुचना अधिकारी दीपक दाहालका अनुसार पौडेलालाई ५ लाख रुपैंयाँ धरौटीमा छाड्नका लागि आदेश भएको हो । आजको थुनछेक बहसपछि अदालतले यो निर्णय लिएको हो ।

गत वर्षको पुस १० गते मा दुबईबाट विद्युतीय चुरोटमा लुकाएर चिनियाँ नागरिकको मिलेमतोमा नेपाल भित्र्¥याइएको करिब ९ किलो अबैध सुन प्रकरणमा राहुल केही महिनाअघि पक्राउ परेका थिए । यद्यपि यो प्रकरणलाई थामथुम पार्न पूर्व सभामुख महराले पनि भन्सारका कर्मचारीलाई फोन गरेर पटक पटक दबाब दिएको तथ्य सार्वजनिक भएको थियो । अदालतले यो प्रकरणमा मुछिएका महरालाई भने उन्मुक्ति दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’ २०७७ बैशाख ३ सम्म ‘लकडाउन’

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक...

कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित) चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...

Top