Best Khabar Team | २०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जेल चलान गर्न आदेश दिएको छ । विद्युतीय चुरोट(भेप)मा राखेर लुकाइछिपाई ल्याइएको करिब ९ किलो सुन तस्करीको प्रकरणसँग जोडिएका राहुललाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न निर्देशन दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायधीश डण्डपाणि शर्माको इजलासले यो मुद्दाको किनारा नलागेसम्म राहुललाई जेल चलाउन गर्न आदेश दिएको हो । यस्तै घटनामा संलग्न अर्का प्रतिवादी लोकेन्द्र पौडेललाई धरौटीमा छाड्न आदेश दिइएको छ । अदालतका सुचना अधिकारी दीपक दाहालका अनुसार पौडेलालाई ५ लाख रुपैंयाँ धरौटीमा छाड्नका लागि आदेश भएको हो । आजको थुनछेक बहसपछि अदालतले यो निर्णय लिएको हो ।
गत वर्षको पुस १० गते मा दुबईबाट विद्युतीय चुरोटमा लुकाएर चिनियाँ नागरिकको मिलेमतोमा नेपाल भित्र्¥याइएको करिब ९ किलो अबैध सुन प्रकरणमा राहुल केही महिनाअघि पक्राउ परेका थिए । यद्यपि यो प्रकरणलाई थामथुम पार्न पूर्व सभामुख महराले पनि भन्सारका कर्मचारीलाई फोन गरेर पटक पटक दबाब दिएको तथ्य सार्वजनिक भएको थियो । अदालतले यो प्रकरणमा मुछिएका महरालाई भने उन्मुक्ति दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...
ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री मोदी नै पुगे विमानस्थल
२०७६ फाल्गुन १२ गते सोमबार
२४ फेब्रुअरी, २०२० नयाँदिल्ली । दुईदिने भारत भ्रमणका लागि...
स्वर्गद्वारी महाप्रभु !
२०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...
स्वर्गद्वारी दर्शनका लागि हिडेका ५ जनाको जीप दुर्घटनामा मृत्यु
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको...
Top