Best Khabar Team | २०८० आश्विन २५ गते बिहिबार
१२ अक्टोबर, २०२३
काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा परेका २ सय ५४ जना नेपाली नागरिकहरुलाई काठमाडौं ल्याएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायल पुगेको सरकारी टोलीले नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमानमार्फत् उनीहरुलाई नेपाल ल्याएको हो । गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी आतंकबादी संगठन हमासको आक्रमणपछि १० जनाको ज्यान गएको थियो ।

घटनापछि उत्पन्न असहज र असुरक्षित परिस्थितिका कारण नेपाल फर्कन चाहेका नेपालीहरुको तथ्यांक सरकारले त्यहाँस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली संघ इजरायल र अनलाइनमार्फत संकलन गरेको थियो । विशेष गरी इजरायलको कृषि अध्ययन क्षेत्रमा गएको विद्यार्थीहरु हमासको आक्रमणपछि असुरक्षित बनेका थिए । उनीहरुलाई लिएको नेपाल बायुसेवा निगमको बिमान शुक्रबार बिहान साढे १ बजेतिर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विदेश फर्किएकाहरुमा विशेष गरी युद्दग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु रहेका छन् । दुर्घटनामा घाइते भएका केही नेपालीको इजरायलको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । नेपाल फर्कनको लागि लागि मंगलबार अपरान्हसम्म ५ सय ३ जनाको आवेदन परेको भएपनि जोखिममा रहेका र केही घाइतेलाई नेपाल फर्काइएको हो । स्थानीय चिकित्सकको सिफारिसमा ती घाइतेलाई नेपाल फर्काउन अनुमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

१७ जना नेपाली विद्यार्थी बसेको एउटा घरमा प्यालेस्टाइनी आतंकबादी समूह हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने विपिन जोशी नाम गरेका एक नेपाली भने अहिलेसम्म वेपत्ता छन् । सो घटनामा ज्यान गुमाएका १० नेपालीको शव ल्याउनका लागि सरकारले इजरायल सरकारसँग समन्वय गरिरहेको जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...
अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...
बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला...
सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन
२०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...
Top