मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

Best Khabar Team | २०७९ फाल्गुन २१ गते आइतबार


०५ मार्च, २०२३
भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै विगत २ महिना देखि दिउँसोको समयमा बन्द हुँदै आएको सो सडकखण्ड आजबाट नियमित रुपमा सञ्चालनमा आउन शुरुभएको छ ।

फाइल तस्वीर : मुग्लिन नारायणगढ सडक खण्ड

पुल फराकिलो बनाउने भन्दै गएको पुस ४ गतेदेखि यो सडकखण्ड दिउँसो ४ घण्टा बन्द गरिँदै आएकोमा आजबाट दिउँसोको समयमा सडक बन्द नहुने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीय तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरु क्षेत्रको सडक पराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । यस्तै एउटा पुलमा सुकुम्बासी बस्तीका कारण विस्तारमा समस्या देखिएको छ ।

अब सडक नै बन्द गराएर काम अघि बढाउनुपर्ने आबश्यकता नरहेपछि सडक सुचारु गर्न शुरुभएको आयोजनाको भनाई छ । आयोजना अन्तर्गत तुईन खोलाको भित्तोमा रहेको चट्टानलाई विस्फोट गराएर सो क्षेत्रमा सडक फराकिलो पारिएको थियो । ६० मिटर अग्लो कडा चट्टान भएको सो पहाडलाई फुटाउने भन्दै सो सडक खण्ड पुसको पहिलो सातादेखि बन्द गरिँदै आएको थियो । यो चट्टानपनि ७० प्रतिशत फुटाउने काम सम्पन्न भै सकेको छ । सो सडक खण्डमा रहेका साना ठूला गरी २० वटा पुललाई विस्तार गरिएको छ ।

यद्यपि सुकुम्बासी बस्ती अतिक्रमण गर्नुपर्ने भएका कारण यो परियोजना अन्र्तगतको एउटा पुल फराकिलो बनाउने काम भने शुरु गर्न सकिएको छैन । विश्वबैंकको सहयोगमा यो सडक खण्डको पुल विस्तारको काम अघि बढेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा  अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन् पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...

Top