Best Khabar Team | २०७९ फाल्गुन २१ गते आइतबार
०५ मार्च, २०२३
भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यो सँगै विगत २ महिना देखि दिउँसोको समयमा बन्द हुँदै आएको सो सडकखण्ड आजबाट नियमित रुपमा सञ्चालनमा आउन शुरुभएको छ ।

पुल फराकिलो बनाउने भन्दै गएको पुस ४ गतेदेखि यो सडकखण्ड दिउँसो ४ घण्टा बन्द गरिँदै आएकोमा आजबाट दिउँसोको समयमा सडक बन्द नहुने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीय तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अरु क्षेत्रको सडक पराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । यस्तै एउटा पुलमा सुकुम्बासी बस्तीका कारण विस्तारमा समस्या देखिएको छ ।
अब सडक नै बन्द गराएर काम अघि बढाउनुपर्ने आबश्यकता नरहेपछि सडक सुचारु गर्न शुरुभएको आयोजनाको भनाई छ । आयोजना अन्तर्गत तुईन खोलाको भित्तोमा रहेको चट्टानलाई विस्फोट गराएर सो क्षेत्रमा सडक फराकिलो पारिएको थियो । ६० मिटर अग्लो कडा चट्टान भएको सो पहाडलाई फुटाउने भन्दै सो सडक खण्ड पुसको पहिलो सातादेखि बन्द गरिँदै आएको थियो । यो चट्टानपनि ७० प्रतिशत फुटाउने काम सम्पन्न भै सकेको छ । सो सडक खण्डमा रहेका साना ठूला गरी २० वटा पुललाई विस्तार गरिएको छ ।
यद्यपि सुकुम्बासी बस्ती अतिक्रमण गर्नुपर्ने भएका कारण यो परियोजना अन्र्तगतको एउटा पुल फराकिलो बनाउने काम भने शुरु गर्न सकिएको छैन । विश्वबैंकको सहयोगमा यो सडक खण्डको पुल विस्तारको काम अघि बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ठमेलले यसरी ग-यो पर्यटन वर्ष २०२० को स्वागत (फोटोफिचर)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०...
उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स
२०७६ माघ १९ गते आइतबार
०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...
डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !
२०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...
बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति
२०७७ कार्तिक २२ गते शनिबार
०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको...
Top