युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते

Best Khabar Team | २०७९ फाल्गुन १७ गते बुधबार


०१ मार्च, २०२३
लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति मध्यरातमा यात्रुबाहक रेल दुर्घटनामा हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी सयौं घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । ग्रीसको उत्तरी भूभागमा रहेको टेम्पे भन्ने स्थानमा यात्रुबाहक रेल र मालबाहक रेल आपसमा ठोक्किएको थियो । रेल ठोक्किएसँगै शुरुका चारवटा डिब्बामा आगो लाग्न शुरुभएको थियो ।

मध्यरातमा भएको सो दुर्घटनामा घाइते भएकाहरुलाई उद्दारकर्ताहरुले उद्दार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् । राजधानी एथेन्सबाट करिब ३८० किलोमिटर उत्तरमा रहेको टेम्पे नजिकै थेसालोनिकीबाट लारिसा जाँदै गरेको सो यात्रुवाहक रेलमा कम्तीमा ४ सयजना यात्रु रहेको बताइएको छ । मध्यरातमा एकै दिशाबाट आउँदै गरेको अर्को एउटा मालबाहक रेल र यात्रुबाहक आपसमा ठोक्किएको थियो ।

सुरुङ्गबाट रेल बाहिर निस्कने बेलामा एउटै ट्रयाकमा रहेको अर्को मालबाहक रेलसँग ठाक्किँदा रेलका अगाडिका ४ वटा डिब्बाहरु पूर्णरुपमा नष्ट भएको घटनास्थलमा रहेका उद्दारकर्ताहरुले जनाएका छन् । घटनास्थलमा मध्यरातिदेखिनै उद्दारको कार्य जारी रहेको छ ।

तस्वीर साभार : रोयटर्स ।

रेलका चालकहरुले सो क्षेत्रमा रहेको रेल सडक संकेत बत्तिहरुले राम्रोसँग काम नगरेको भनेर स्थानीय अधिकारीहरुलाई पहिले नै जानकारी गराएका थिए । तर यसलाई प्रशासनले वेवास्ता गरेका कारण ठूलो दुर्घटना भएको रेल चालक संघका कर्मचारीहरुको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका...

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर) चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

२०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले...

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

२०७६ मंशिर २३ गते सोमबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...

मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...

Top