Best Khabar Team | २०७९ फाल्गुन ८ गते सोमबार
२०, फेब्रुअरी, २०२३
न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको झण्डै एकवर्ष पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति जो बाइडेन एक्कासी युक्रेन पुगेका छन् । राष्ट्रपति बाइडेन युद्दग्रस्त युक्रेनको राजधानी किभ पुगेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि राष्ट्रपति बाइडेन पोल्याण्डको वार्सा जाने र त्यहाँ उनका पोल्याण्डी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भएपनि पछिल्लो समयमा आएर यो परिवर्तन भएको थियो ।

तर अन्तिममा बार्सा नगई उनी एक्कासी युक्रेन पुगेर युक्रेनी समकक्षीभ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको तस्वीरहरु सार्वजनिक भएको छ । बाइडेनले भेटमा उनले रुसले युक्रेनले करिब एक वर्षको अवधिमा गरेको आक्रमण र त्यसबाट पुगेको क्षति र पछिल्लो अवस्थालगायतको विषयमा जानकारी लिएका छन् । गत फेब्रअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति बाइडेन पहिलोपटक किभ पुगेका हुन् ।
किभमा बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँगको भेटवार्तामा रुससँग डटेर युद्द लडिरहेको युक्रेनको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनमा आवश्यक पर्ने सबै खाले सहयोग निरन्तर गर्ने बचन दिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । युक्रेनी राष्ट्रपति जेलेनेस्कीले बाइडेनको युक्रेन भ्रमणलाई महत्वपूर्ण रुपमा लिँदै यसले आफूहरुको आत्मबल बढाएको प्रतिक्रिया दिएका छन् । उनले बाइडेनसँग भेट गरेको तस्बीरहरु सामाजिक सञ्जालमा समेत राखेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति कार्यालयले पनि एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपतिसँग राजधानी किभमा भेटवार्ता भएको जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा युक्रेन र युक्रेनी जनताले रुसका विरुद्ध लडेको युद्दको उच्च प्रशंसा गर्दै युक्रेन र युक्रेनी जनतालाई जीतको शुभकामना दिएको उल्लेख छ । रुसले युक्रेनमाथि आक्रमण गरेको १ वर्षको अवधिमा दुबैतर्फ अहिलेसम्म दशौंहजार सैनिक मारिएको भएपनि अहिलेसम्म भएको क्षतिको वास्तविक तथ्यांक कतैबाट पनि सार्वजनिक भएको छैन । एक वर्षको अवधिमा रुस युक्रेन युद्धले युरोपेली मुलुकमा चरम महंगी बढेको छ भने चौतर्फीरुपमा यसको प्रभाव परेको छ । रसियासँगको युद्दमा अग्रमोर्चामा रहेर लडिरहेका युक्रेनी सैनिकलाइ अमेरिकाले ठूलोमात्रामा हातहतियार तथा अन्य सहयोग गर्दै आइरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा...
२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...
नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...
घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
Top