नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले स्वीकार्न नसकिने बताएको छ । नेपाल सरकारले भारतले विगतमा हड्पेको लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्रको भूमिसमेतलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको केहीघण्टा वित्न नपाउँदै भारतले औपचारिक रुपमा यस्तो प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयले नेपालले भारतसँग छलफल नगरी जारी गरेको नक्सालाई स्वीकार्न नसकिने भन्दै यसको समाधान कुटनीतिक ढंगबाट खोज्नुपर्ने बताएको छ । नेपालले ऐतिहासिक तथ्य प्रमाणलाई आधार मानेर नयाँ नक्सा सार्वजनिक गरेको बताइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यसको खण्डन गर्दै यसमा सत्यता नभएको दाबी गरेका छन् । उनले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय भूमि समावेश गराईएको आरोप लगाए । वार्ताको माध्यमबाट सिमा विवाद समाधानका लागि पहल गर्नका लागि नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

प्रवक्ता अनुरागले अहिले नेपालले जारी गरेको नक्सालाई कृतिम दाबीको संज्ञा दिएका छन् । उनले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नका लागि नेपाललाई आग्रह समेत गरेका छन् । नेपालको भारतले अतिक्रमण गरी बाटो निर्माण गरेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले यस्तो प्रतिक्रिया दिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...

मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...

लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते लकडाउनमा घर फर्केका २४ मजदुरको ट्रक दुर्घटनामा मृत्यु, १५ गम्भीर घाइते

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका...

६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन ६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...

Top