नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’

Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार


२० मे, २०२०
काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले स्वीकार्न नसकिने बताएको छ । नेपाल सरकारले भारतले विगतमा हड्पेको लिम्पियाधुरा, कालापानीलगायतका क्षेत्रको भूमिसमेतलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको केहीघण्टा वित्न नपाउँदै भारतले औपचारिक रुपमा यस्तो प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयले नेपालले भारतसँग छलफल नगरी जारी गरेको नक्सालाई स्वीकार्न नसकिने भन्दै यसको समाधान कुटनीतिक ढंगबाट खोज्नुपर्ने बताएको छ । नेपालले ऐतिहासिक तथ्य प्रमाणलाई आधार मानेर नयाँ नक्सा सार्वजनिक गरेको बताइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यसको खण्डन गर्दै यसमा सत्यता नभएको दाबी गरेका छन् । उनले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय भूमि समावेश गराईएको आरोप लगाए । वार्ताको माध्यमबाट सिमा विवाद समाधानका लागि पहल गर्नका लागि नेपाल सरकारलाई आग्रह समेत गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

प्रवक्ता अनुरागले अहिले नेपालले जारी गरेको नक्सालाई कृतिम दाबीको संज्ञा दिएका छन् । उनले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नका लागि नेपाललाई आग्रह समेत गरेका छन् । नेपालको भारतले अतिक्रमण गरी बाटो निर्माण गरेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले यस्तो प्रतिक्रिया दिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’ नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’ अस्पतालले भन्यो : ‘कोरोना संक्रमितको मृत्यु भएकै छैन, मृत्युको विषयमा समाचार लेख्दा संवेदनशील बनौं’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट...

नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...

धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि

२०८२ बैशाख १९ गते शुक्रबार

०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...

Top