Best Khabar Team | २०७९ फाल्गुन ७ गते आइतबार
१९ फेब्रुअरी, २०२३
काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै बाहिरिने मूख्य राजमार्ग अन्तर्गतको सूर्यबिनायक–धुलिखेल सडक खण्डको स्तरोन्नती र सडकविस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्र्तगत सूर्यबिनायकदेखि धुलिखेलसम्मको साढे १५ किलोमिटर सडकखण्ड आगामी ३ वर्षभित्रमा सक्ने गरी ४ लेनको रुपमा विस्तार गरिने भएको छ ।

काभ्रेको धुलिखेल हुँदै काठमाडौं उपत्यका भित्रने तथा बाहिरिने मूख्य राजमार्गको रुपमा रहेको सडक सडकखण्ड २५ वर्षअघि निमार्ण गरिएको भएपनि यसको स्तरोन्नती भएको थिएन । जसका कारण पछिल्ला वर्षहरुमा उपत्यका भित्रने र बाहिरिने सवारी साधनको चाप थेग्नलाई यो सडकलाई हम्मे हम्मे पर्दै आएको थियो । साँघुरो सडककाकारण यात्रु तथा सवारीसाधनहरु घण्टौं जाममा पर्ने गरेका छन् । सडक साँघुरो हुँदा दुर्घटना पनि बढेपनि यसको विस्तार गर्नेतर्फ सडक बनेको २५ वर्षपछि मात्रै सरकारको ध्यान पुगेको छ ।
कुल ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने यो सडक पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म विस्तार हुनेछ । यस्तै भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्म दोश्रो चरणमा विस्तार गर्ने गरी सम्झौता भएको भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ । पहिलो चरणको ठेक्का प्रक्रियाको जिम्मा लामा कन्स्ट्रक्सनले पाएको छ । सूर्यबिनायकदेखि धुलिखेलसम्मको सडकको दूरी कुल १५ दशमलव ५ किलोमिटर रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना भाइरसको नाम अब ‘कोभिड १९’
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...
सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...
विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )
२०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
Top