दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

Best Khabar Team | २०७९ माघ १ गते आइतबार


१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये २६ जनाको शव भेटिएको घटनास्थलमा उद्दारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा खटिएको प्रहरी तथा सेनाको संयुक्त उद्दार टोलीले हालसम्म २६ जनाको शव संकलन गरेको छ । दुर्घटनामा परी घाइते भएका केहीलाई अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनास्थल सेती नदीको खोचमा रहेकोले कठिनाई भएको प्रहरीको भनाई छ ।

११ विदेशी पर्यटक
प्रहरीको अनुसार विमानमा ११ जना विदेशी पर्यटक रहेको खुलेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आज बिहान दुर्घटनामा परेको सो विमानमा ५ जना भारतीय नागरिक, रसियन, एक आयरल्याण्डी, दुई कोरियन एवं एक अर्जेटिना, अष्ट्रेलिया, फ्रान्सका एकएकजना यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा सवारमध्ये ५ जना भारतीय नागरिक रहेको बताइएको छ । चालकदलका ४ जना सदस्यसहित आज बिहान काठमाडौंबाट साढे १० बजे पोखराका लागि उडेको सो विमान पोखराको पुरानो विमानस्थलमा अवतरणका क्रममा सेतीनदीमा खसेको थियो ।

दुर्घटनाग्रस्त विमानमा सवार विदेशी नागरिकको नाम खुलेपनि उनीहरुको देशको बारेमा केही खुल्न सकेको छैन । पाइलट कमल केसीले उढाएको सो विमानमा ६ जना बालबालिका, ११ विदेशी पर्यटकका अलावा ४१ जना महिला र २७ जना पुरुष सवार रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते

२०७९ फाल्गुन ९ गते मंगलबार

२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा...

Top