Best Khabar Team | २०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३
काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिन शुरु गरिएको छ । नेपाल सरकार मन्त्री परिषद्को आज अपरान्ह बसेको बैठकले यही पुस २७ गते परेको पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय रुपमा विदा (सार्वजनिक विदा) दिने निर्णय गरेको हो । वर्तमान सरकार निर्माणमा सहभागी सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष आग्रहलाई मध्यनजर गर्दै सरकारले पुस २७ गतेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

विगतमा नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन ‘बडामहाराजाधिराज’ पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा हरेक वर्षको पृथ्वी जयन्ती अर्थात् पुस २७ का दिन सार्वजनिक दिने प्रचलन रहेको थियो । तर नेपालमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापना भएपछि २०६३ सालपछि पुस २७ को दिन दिइँदै आएको सार्वजनिक विदा हटाइएको थियो । यद्यपि कमल थापा नेतृत्वको तत्कालीन राप्रपाले सदन बाहिर रहँदा पुस २७ लाई सार्वजनिक विदा दिनुपर्नेमा सभा समारोह मार्फत् चर्को बहस गर्ने गरेको थियो ।
तर स्मरणीय के छ भने २०६३ पछि पछि थापा विभिन्न मन्त्रीपरिषद्मा रहँदा कहिल्यै पनि पुस २७ लाई सार्वजनिक विदा दिइएको थिएन । तर यसपटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले सरकारलाई समर्थन गर्नुपूर्व नै यो मागलाई जोडतोडका साथ अघि सारेका थिए । फलस्वरुप सरकारले आज बसेको मन्त्रीपरिषद् बैठक मार्फत् पुस २७ लाई सार्वजनिक विदा दिने घोषणा गरेको हो । प्रस्तुत विषयलाई सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रममै समावेश गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...
कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन
२०७६ फाल्गुन १७ गते शनिबार
२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...
Top