Best Khabar Team | २०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१
मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ । अबिरल बर्षासँगै आएको बाढीका कारण गएराति हेलम्बुको किउल तथा मेलम्ची क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण तालामाराङ्गको प्रहरी चौकीमा क्षति पुगेको छ । यसका अलावा यस क्षेत्रका दर्जनौ घरमा क्षति पुगेको छ ।

पहिरो र बाढी शुरु भएपछि स्थानीय वासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ सरेका थिए । प्रहरी तथ्यांक अनुसार बाढीले हेलम्बुको किउल क्षेत्रमा रहेका र मेलम्ची बजारमा रहेका एकदर्जन बढी घरमा क्षति पु-याएको छ । पहिरोले यस्तै रेडियो मेलम्ची रहेको भवनसमेत बगाएको छ । यसअघि गएको असार १ गते अपरान्हदेखि आएको बाढीले ठूलो क्षति पु-याएको मेलम्ची र आसपासको क्षेत्रमा गएराति आएको बाढीबाट थप क्षति पुगेको हो । प्रहरीको अनुसार कतिपय स्थानका पुल तथा सडक बगाएको छ । गएरातिको बाढीको कारण मानवीय क्षति भएको खबर भने अहिलेसम्म प्राप्त भएको छैन ।
यसअघिको बाढीमा परी ५ जनाको ज्यान गएको थियो भने डेढ दर्जन अझै बेपत्ता छन् । हेलम्बुमा गएको पहिरोका कारण मेलम्ची थुनिएपछि बाढी आएको प्रहरीले अनुमान गरेको छ । बाढीका कारण विशेष गरी किउलका तिम्बु ,ग्याल्थुम र मेलम्ची नगर क्षेत्रमा ठूलो भौतिक क्षति पु-याएको छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय रेडक्रसलगायतको टोली पुगेर त्यहाँ रहेका स्थानीय र बाढीले पु-याएको क्षति लगायत पछिल्लो अवस्थाको बारेमा जानकारी लिइरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...
ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...
दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस
२०७६ मंशिर २४ गते मंगलबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...
बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने...
Top