Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०
बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका कारण हालसम्म ८० जनाको ज्यान गै सकेको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । स्थानीय हुबे प्रान्तबाट फैलिएको रोगका कारण ७६ जनाभन्दा बढी सोही प्रान्तका संक्रमितको ज्यान गएको हो । हाल सो रोगका कारण ३ सयजना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भै रहेको छ ।
रोगका कारण हुवेलगायतका प्रान्तमा करिब ३ हजार जना प्रभावित बनेको बताइएको छ । कोरोना भाईरसले संक्रमणको रुप लिएपछि हुबे प्रान्तमा रेल, बस, हवाई तथा अन्य सार्वजनिक यातयात सेवा समेत बन्द गराइएको छ । संक्रमणले महामारीको रुप लिएपछि अहिले सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । चिनियाँ सरकारले रोग प्रभावितको उपचारको लागि दिनरात नभनी काम गरिरहे पनि यो रोग फैलँदो क्रममा छ ।
कोरोना प्रभावितहरुको उपचारका लागि विभिन्न राज्यमा अस्पताल निर्माणको काम समेत तीव्र रुपमा अघि बढाईको छ । चीन सरकारले २ दर्जन बढी आकस्मिक अस्पतालहरु निर्माणको काम थालेको छ । कोरोनाका कारण देशका विभिन्न प्रान्तका स्थानीय बासिन्दा प्रभावित बनेका छन् । जसका कारण विश्वभर यसको आतंक फैलिएको छ । रोगको संक्रमण फैलन नदिन थप मास्क तथा सुरक्षित पोसाक बनाउनका लागि स्थानीय कारखानाहरुलाई चिनियाँ सरकारले कडा निर्देशन दिएको छ ।
यस्तै सार्वजनिक विदा लम्ब्याएर यसको संक्रमण कम गर्न सरकारले सेना, सुरक्षाकर्मीलगायत परिचालन गरेको छ । जनवरी ३० मा सकिने चिनियाँ नयाँ बर्षको विदालाई बढाएर चिनियाँ सरकारले फेब्रुअरी १५सम्म कायम गरेको छ । कोरोना रोगको भाईरस तीव्र गतिमा फैलिएका कारण मानिसहरुलाई सतर्कता अपनाउन, भिडभाडमा नजान र माक्स लगाउन सरकारले आग्रह गरेको छ ।
कोरोना भाईरस संक्रमितहरु चीनका साथै फ्रान्स, अमेरिका, अष्टेलियालगायतका स्थानमा समेत भेटिएपछि विमानस्थलहरुमा विशेष हेल्थ डेक्स स्थापना गरिएको छ । नेपालमा पनि यो भाइरस प्रभावित एक जनाको उपचार भै रहेको छ । चीनमा कोरोना भाईरसको उपचारमा संलग्न एक चिकित्सकको समेत ज्यान गै सकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एनआरएनएको नयाँ नेतृत्वका लागि अध्यक्षमा ५ जना भिड्दै, पहिलोपटक अनलाईन भोटिङ्ग हुँदै
२०८० आश्विन २६ गते शुक्रबार
१२ अक्टोबर, २०२३लिंकरोड, बेल्जियम गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ...
पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….
२०७६ पुष १९ गते शनिबार
काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो
२०७६ फाल्गुन २९ गते बिहिबार
१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...
Top