Best Khabar Team | २०७८ जेठ ११ गते मंगलबार
२५ मे, २०२१
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा एकसाताका लागि थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब उपत्यकामा आगामी जेठ २० गते रातीसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाको जनसंख्या, यहाँभित्र देखिएको दैनिक कोरोना संक्रमितको संख्यालगायतलाई आधार बनाएर लकडाउन लब्याइएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।



यस्तै यसपटकको लकडाउनमा खाद्यान्न पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइने भएको छ । सरकारको यो निर्णय सँगै अब भोलिदेखि जेठ २० गतेसम्मका लागि काठमाडौंमा खाद्यान्न पसल सञ्चालन गर्न पाइने छैन । तर हरियो तरकारीहरुको विक्री वितरण गर्ने पसलहरुले भने बिहान ९ बजेसम्म मात्रै तरकारी विक्री वितरण गर्न पाउने भएका छन् । यस्तै यसअघि जारी गरिएका सवारी पासहरुसमेत खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु, विवाहलगायतका संस्कारका कार्यहरुमा सहभागी हुनेहरुले भने सरकारी मापदण्डलाई पालना गर्दै सवारी साधन सञ्चालनमा ल्याउन पाउने भएका छन् । यसअघि सरकारले कोरानालाई मध्यनजर गर्दै जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने जरिमानासहित कैद सजायाँ गर्ने जनाइसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता
२०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...
आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ
२०७४ श्रावण २० गते शुक्रबार
अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...
उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु
२०७७ श्रावण २८ गते बुधबार
१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो...
नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...
Top