जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने

Best Khabar Team | २०७८ जेठ ११ गते मंगलबार


२५ मे, २०२१
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा एकसाताका लागि थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब उपत्यकामा आगामी जेठ २० गते रातीसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाको जनसंख्या, यहाँभित्र देखिएको दैनिक कोरोना संक्रमितको संख्यालगायतलाई आधार बनाएर लकडाउन लब्याइएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै यसपटकको लकडाउनमा खाद्यान्न पसलहरुसमेत सञ्चालन गर्न रोक लगाइने भएको छ । सरकारको यो निर्णय सँगै अब भोलिदेखि जेठ २० गतेसम्मका लागि काठमाडौंमा खाद्यान्न पसल सञ्चालन गर्न पाइने छैन । तर हरियो तरकारीहरुको विक्री वितरण गर्ने पसलहरुले भने बिहान ९ बजेसम्म मात्रै तरकारी विक्री वितरण गर्न पाउने भएका छन् । यस्तै यसअघि जारी गरिएका सवारी पासहरुसमेत खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु, विवाहलगायतका संस्कारका कार्यहरुमा सहभागी हुनेहरुले भने सरकारी मापदण्डलाई पालना गर्दै सवारी साधन सञ्चालनमा ल्याउन पाउने भएका छन् । यसअघि सरकारले कोरानालाई मध्यनजर गर्दै जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने जरिमानासहित कैद सजायाँ गर्ने जनाइसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता रसुवामा टाटासुमो दुर्घटना, २ को ज्यान गयो, ३ वेपत्ता

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । प्रदेशनम्बर ३ मा पर्ने...

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...

सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

Top