नेपालमा थप ७२११ जनामा कोरोना संक्रमण : एकैदिन थपिएका संक्रमितको संख्या हालसम्मकै उच्च

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा बढिरहेको छ । यही क्रममा पछिल्लो २४ घण्टायता (शनिबार अपरान्हदेखि आइतबार अपरान्हसम्म) देशभर थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसंख्या नेपालमा कोरोना संक्रमण शुरुभएयताकै उच्च संख्या हो । यसरी थपिएका कोरोना संक्रमितमध्ये २७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

तस्वीर : ग्राफिक्स चित्र ।

छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या ४ लाखको हाराहारीमा देखिन थालेसँगै यसको असर नेपालमा पनि देखिन थालेको हो । विशेषगरी नेपाल भारत सिमावर्ती नाकाहुँदै नेपाल प्रवेश गरेका भारतीय तथा नेपाली मजदुरहरुबाट नै कोरोना संक्रमण फैलिएको स्वास्थ्यविज्ञहरुले बताएका छन् । नेपाल प्रवेशगर्ने नेपाली मजदुर तथा भारतीयहरुलाई सिमाक्षेत्रमा प्रभावकारी रुपमा चेकजाँच नगरिँदा र छिमेकी भारतका विभिन्न क्षेत्रबाट जंगल तथा नदि क्षेत्रहुँदै लुकेर नेपाल आउनेहरुका कारण नेपालमा कोरोना भाइसरको संक्रमण उच्च गतिमा फैलिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका ७२ सय ११ जना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ४८ हजार ७ सय ११ पुगेको छ । जुन आजको दिनमा सक्रिय संक्रमितको संख्या हो ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमितमध्ये अहिले ४ सय ७७ जना आईसीयूमामा उपचाररत छन् । यस्तै विगत २४ घण्टा यता थप १ हजार ६ १२ जना कोरोना मुक्त भएका छन् । आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौंमा विगत २४ घण्टायता २ हजार ७ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै उपत्यकाकै भक्तपुर र ललितपुरमा क्रमश : ३ सय १ जना र ५ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकालगायत देशका अधिकांश जिल्लामा स्थानीय प्रशासनले निशेधाज्ञा तथा अन्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेपनि संक्रमितको संख्या पछिल्लो एकसाता यता बढ्दो गतिमा देखिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि अहिले विभिन्न जिल्लामा अस्पतालमा विरामीको चाप थेग्नै नसक्ने अवस्थामा पुगेको छ । जसका कारण अन्य विरामीहरुले उपचार पाउन सकेका छैनन् भने धेरै जिल्लामा कोरोनाकै विरामीलाई पनि अस्पताल परिसरका खुल्ला स्थानमा राखेर उपचार थालिएको छ । धेरै जिल्लामा औषधी, अक्सिजन, चिकित्सक एवं अस्पतालको अभाव हुन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु

२०७७ बैशाख २८ गते आइतबार

१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

Top