तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार


२९ अप्रिल, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना भाइरस फैलिएपछि भारतमा रहेका आफ्ना नागरिकलाई तत्काल भारत छाड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक ट्राभल एडभाइजरी जारी गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षाको हिसावले भारतमा कोरोनाको जोखिम उच्च रहेको भन्दै तत्काल भारत छाड्न भनेको हो ।

साथै अहिलेको अवस्थामा भारतमा यात्रा नगर्न अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिहरुलाई आग्रह गरेको छ । पछिल्ला दिनमा भारतमा देखिएको कोरोना भाइरसको स्वरुप निक्कै संक्रामक रहेको र यसको असर पनि तीव्ररुपमा समुदायस्तरमा फैलिरहेको सन्दर्भमा अमेरिकाले आफ्ना नागरिकलाई विशेष ध्यानाकर्षणसहितको ट्राभल एड्भाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो । बेलायतलगायतका कतिपय देशले भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाउनुका साथै भारतीय नागरिकहरुलाई समेत स्वदेश प्रवेश गर्नका लागि तत्काल रोक लगाइरहेको सन्दर्भमा अमेरिकाको विदेश मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

भारतमा पछिल्ला दिनमा पौने चारलाखको हाराहारीमा कोरोना संक्रमित देखिन थालेपछि यसको असर पनि तीब्ररुपमा फैलिइरहेको छ । विरामीको व्यवस्थापनमात्रै होइन शवको व्यवस्थापनका लागि पनि भारत सरकारलाई यतिबेला हम्मेहम्मे परेको छ । कोरोनाका कारण भारतमा दैनिक तीनहजार भन्दा मानिसले ज्यान गुमाइरहेका छन् भने लाखौं कोरोना पीडित अस्पतालको पहुँचसम्म पुग्न सकेका छैनन् । पछिल्ला केहीसातायता भारतमा देखिएको कोरोना अति नै घातक खालको रहेको स्वास्थ्य अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । यसको असर छिमेकी मुलुक नेपालमासमेत देखिन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरामा  कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट) पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

२०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक...

तेश्रो पटक  चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री

२०७९ फाल्गुन २७ गते शनिबार

११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...

भारतमा कोरोना :  २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

Top