तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार


२९ अप्रिल, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना भाइरस फैलिएपछि भारतमा रहेका आफ्ना नागरिकलाई तत्काल भारत छाड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक ट्राभल एडभाइजरी जारी गर्दै व्यक्तिगत स्वास्थ्य सुरक्षाको हिसावले भारतमा कोरोनाको जोखिम उच्च रहेको भन्दै तत्काल भारत छाड्न भनेको हो ।

साथै अहिलेको अवस्थामा भारतमा यात्रा नगर्न अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिहरुलाई आग्रह गरेको छ । पछिल्ला दिनमा भारतमा देखिएको कोरोना भाइरसको स्वरुप निक्कै संक्रामक रहेको र यसको असर पनि तीव्ररुपमा समुदायस्तरमा फैलिरहेको सन्दर्भमा अमेरिकाले आफ्ना नागरिकलाई विशेष ध्यानाकर्षणसहितको ट्राभल एड्भाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो । बेलायतलगायतका कतिपय देशले भारतबाट हुने सबै उडानमाथि प्रतिबन्ध लगाउनुका साथै भारतीय नागरिकहरुलाई समेत स्वदेश प्रवेश गर्नका लागि तत्काल रोक लगाइरहेको सन्दर्भमा अमेरिकाको विदेश मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

भारतमा पछिल्ला दिनमा पौने चारलाखको हाराहारीमा कोरोना संक्रमित देखिन थालेपछि यसको असर पनि तीब्ररुपमा फैलिइरहेको छ । विरामीको व्यवस्थापनमात्रै होइन शवको व्यवस्थापनका लागि पनि भारत सरकारलाई यतिबेला हम्मेहम्मे परेको छ । कोरोनाका कारण भारतमा दैनिक तीनहजार भन्दा मानिसले ज्यान गुमाइरहेका छन् भने लाखौं कोरोना पीडित अस्पतालको पहुँचसम्म पुग्न सकेका छैनन् । पछिल्ला केहीसातायता भारतमा देखिएको कोरोना अति नै घातक खालको रहेको स्वास्थ्य अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । यसको असर छिमेकी मुलुक नेपालमासमेत देखिन थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट...

बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

Top