सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै भोलि अर्थात् बैशाख १३ गतेदेखि लागूहुने गरी देशभरका शैक्षिक संस्थाले पूर्वनिर्धारित गरेको सबै परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय संयन्त्र (कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द) को आज बसेको बैठकले विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थिति गराएर परीक्षा सञ्चालन गराउँदा कोरोनाको जोखिम बढ्ने भन्दै तत्कालका लागि पूर्वनिर्धारित सबै परीक्षाका कार्यक्रमहरु स्थगित गर्न भनेको हो । यसअघि सरकारले देशभरका सबै शैक्षिक संस्थामा भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन कार्य तत्काल बन्द गर्न भनेको थियो । तर पूर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु सञ्चालनमा आवश्यक सावधानी अपनाएर अघि बढाउन रोक लगाइएको थिएन । तर पछिल्ला दिनमा काठमाडौंलगायत देशभर कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि केन्द्रले आज आकस्मिक बैठक बसेर यो निर्णय गरेको हो ।

परीक्षा र शैक्षिक कार्यक्रम स्थगित गरिएपनि अनलाईनको माध्यमबाट हुने सबै शैक्षिक गतिविधि सञ्चालनमा कुनै रोक नलगाइएको केन्द्रले स्पष्ट पारेको छ । कोरोनाको दोश्रो लहरमा स्कुल तथा क्याम्पसमा अध्ययनगर्ने उमेर समूहपनि बढी संक्रमित बन्न थालेपछि बाध्य भएर सरकारले विद्यालय तथा क्याम्पसमा हुने पठनपाठनका गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

Top