Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१
स्वर्गद्वारी, प्युठान । प्युठानमा आज बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने ५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा जीपका चालकसहित अरु ४ जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत श्याम न्यौपाने, प्रशासन कार्यालयकै खरिदार यमलाल पन्थी को घटनास्थलमक्ै ज्यान गएको छ ।

यस्तै कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको पनि सो दुर्घटनामा ज्यान गएको छ । सो जिपका चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्कीको पनि ज्यान गएको छ । उनको उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा ज्यान गुमाउने जिप्रका कम्प्युटर अपरेटर पन्थीको घर गुल्मीको रेसुङ्गा नगरपालिका– ७ रहेको तथा मुद्दा शाखाका भण्डारीको घर जिल्लाको धुर्कोट वडा नम्बर ७ रहेको छ ।
यस्तै, प्रशासकीय अधिकृत पन्थीको घर भने स्याङजाका रहेको बताइएको छ । जिपका चालक कार्कीको आज दिउँसो स्थानीय भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उचपारको क्रममा ज्यान गएको हो । नयाँ वर्षको पहिलो दिन आज प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते २ जनालाई काठमाडौं पठाइएको र बाँकी ७ जनाको स्थानीय अस्पतालमा उचार भै रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...
Top