Best Khabar Team | २०७७ चैत्र ३० गते सोमबार
१२ अप्रिल, २०२१
काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोनाको डरलाग्दो ग्राफ देखिन थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म देशभर कोरोना संक्रमितको संख्या १ सय जनाको हाराहारीमा रहेको भएपछि मार्चको पहिलो साताबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

विशेषगरी नेपाल भारत खुल्ला सिमाका कारण भारतमा संक्रमित बढ्न थालेसँगै देशभर कोरोना संक्रमित बढ्न थालेका हुन् । भारतमा अहिले दैनिक पौने २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । जसको नेपालमा पनि पर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यो संख्या सन् २०२१ लागेपछिको सबैभन्दा धेरै हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् । मृतकको संख्यापनि कोरोनाको दोश्रो लहर शुरुभएपछि पहिलो पटक एकैदिन यतिधेरै बढेको हो । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म देशभर कोरोनाकै कारण ३ हजार ५३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ भने २ लाख ७४ हजार १ सय ५६ जना निको भएर घर फर्केका छन् भने ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौंमा सबैभन्दा धेरै संक्रमित
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै देशको राजधानी काठमाडौंमा थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयलका अनुसार पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले बढी मानिसहरु भेला हुने स्थल जस्तै विद्यालय, क्याम्पसलगायतलाई तत्काल बन्द गर्नका लागि सरोकारवालाहरुलाई निर्देशन दिएपनि विद्यालय सञ्चालकले विद्यालय बन्द गर्न आनाकानी गरिरहेका छन् । जसका कारण बालबालिका तथा स्कुले विद्यार्थीहरुमा कोरोनाको जोखिम बढेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वस्थानी व्रत–कथाको सामाजिक महत्व
२०७६ मंशिर २३ गते सोमबार
यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...
मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...
३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा...
पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर
२०७६ जेठ २० गते सोमबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...
Top