नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए

Best Khabar Team | २०७७ चैत्र ३० गते सोमबार


१२ अप्रिल, २०२१
काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोनाको डरलाग्दो ग्राफ देखिन थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म देशभर कोरोना संक्रमितको संख्या १ सय जनाको हाराहारीमा रहेको भएपछि मार्चको पहिलो साताबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

विशेषगरी नेपाल भारत खुल्ला सिमाका कारण भारतमा संक्रमित बढ्न थालेसँगै देशभर कोरोना संक्रमित बढ्न थालेका हुन् । भारतमा अहिले दैनिक पौने २ लाखको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन् । जसको नेपालमा पनि पर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो संख्या सन् २०२१ लागेपछिको सबैभन्दा धेरै हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् । मृतकको संख्यापनि कोरोनाको दोश्रो लहर शुरुभएपछि पहिलो पटक एकैदिन यतिधेरै बढेको हो । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म देशभर कोरोनाकै कारण ३ हजार ५३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ भने २ लाख ७४ हजार १ सय ५६ जना निको भएर घर फर्केका छन् भने ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा सबैभन्दा धेरै संक्रमित
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै देशको राजधानी काठमाडौंमा थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयलका अनुसार पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले बढी मानिसहरु भेला हुने स्थल जस्तै विद्यालय, क्याम्पसलगायतलाई तत्काल बन्द गर्नका लागि सरोकारवालाहरुलाई निर्देशन दिएपनि विद्यालय सञ्चालकले विद्यालय बन्द गर्न आनाकानी गरिरहेका छन् । जसका कारण बालबालिका तथा स्कुले विद्यार्थीहरुमा कोरोनाको जोखिम बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

Top